stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अमेरिकामा मात्रै कोरोनाबाट मृतकको संख्या ६१ हजार बढी 

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १८ गते बिहीबार 

गणेश थापा–

क्यालिफोर्निया, ३० अप्रिल ।  कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या संयुक्त राज्य अमेरिकामा मात्रै ६१ हजार नाघेको छ । संक्रमितको संख्या समेत बढेर सॉढे १० लाख माथि पुगेको छ ।

पॉच दिनको अवधिमा ११ हजार बढी मानिसको ज्यान गएको छ । यद्यपि अघिल्लो हप्ताको तुलनामा भने मृतक तथा संक्रमितहरूको संख्यामा केही कमि आएको तथ्यांकले देखाएको छ । प्रारम्भबाटै नोवल कोरोना भाइरसको संक्रमण सम्बन्धी अफिसियल डाटा अपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोभिड-१९ को संक्रमणका कारण विश्वको सवैभन्दा बढी प्रभावित अमेरिकामा स्थानीय समय अनुसार बुधबार अपरान्हसम्ममा ६१ हजार ४ सय जनाको मृत्यु भएको छ भने संक्रमित व्यक्तिहरूको संख्या १० लाख ६२ हजार माथि पुगेको छ ।   प्राप्त तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमण फैलिएका अमेरिकाका ५० वटै राज्यहरू मध्ये सवैभन्दा बढी मानवीय क्षति खेप्नु परिरहेको न्युयोर्कमा मात्रै करीव २३ हजार ५ सयको मृत्यु भएको छ भने ३ लाख ६ हजार बढी मानिस संक्रमित भएका छन् । न्यूयोर्कमा नेपालीहरूको बाक्लो बसोबास रहेको छ ।

अहिलेसम्म १५ जना नेपालीहरूको ज्यान गइसकेको छ भने सयौंको संख्यामा संक्रमित रहेको यहॉका विभिन्न सामाजिक संघसंस्थाहरूले उल्लेख गरेका छन् । मृत्यु हुनेहरूमा न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जना रहेको बताइएको छ ।

यसैबीच विगत एक दशकदेखि भर्जिनियामा बस्दै आइरहेका ललितपुर कुपण्डोलका फ्रेण्ड्स क्लबका पूर्व फुटबल खेलाडी महेश पन्थीको कोरोना भाइरसको संक्रमणबाट गत मंगलबार निधन भएको छ । कोरोनाका कारण मृत्यु भएका नेपालीहरूको शव व्यवस्थापन तथा शोकाकुल परिवारको आवश्यक सहयोगमा गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत यहॉ क्रियाशील नेपाली संघसंस्था सक्रिय देखिएका छन् ।

यता क्यालिफोर्नियामा समेत कोरोना भाइरसबाट मृतकको संख्या १९०० नाघेको छ भने ४८ हजार बढी मानिसमा संक्रमण देखिएको छ । दिनहुँ २ हजार माथिको संख्यामा मानिसहरूको मृत्यु भइरहेको अमेरिकामा आज २४ घण्टा नपुग्दै २ हजार ४ यस बढी संक्रमितको ज्यान गएको छ ।

यस अवधिमा २६ हजार बढी नयॉ सक्रमित विरामी थपिएका छन् । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म संसारभर झण्डै २ लाख २८ हजार मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या ३२ लाख नाघेको छ । यहॉ प्रत्येक दिन झण्डै ३० हजारको हाराहारीमा कोरोना भाइरसका नयॉ संक्रमित विरामीहरू थपिरहेका छन् ।

संक्रमण बढेसँगै स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूले अमेरिकामा कोभिड-१९ को संक्रमणका कारण दुई लाख बढीको मृत्यु हुन सक्ने भन्दै मानिसहरूलाई सचेत गराउँदै आएका छन् । उनीहरूले यस भाइरसको संक्रमण दसौं लाख मानिसमा फैलिन सक्ने चिन्ता समेत व्यक्त गरिरहेका छन् । विदेशमा रहेका नेपालीहरू मध्ये कोरोना भाइरस संक्रमितको संख्या अमेरिकामा सवैभन्दा बढी रहेको छ ।

यहॉ मात्रै संक्रमित नेपालीहरूको संख्या १ हजार माथि रहेको बताइएको छ । विश्वको नम्बर वान शक्तिशाली मुलुक संयुक्त राज्य अमेरिका यतिवेला भने कोभिड-१९ संगको आन्तरिक लडाइमा छ ।

कोरोना भाइरस नियन्त्रणका लागि लामो समय लाग्न सक्ने विज्ञहरूले भनाइ रहदै आएको छ । यता अमेरिकाको नागरिकता नपाउँदै आफूलाई अमेरिकन नागरिक भनी ढॉटेर गलत मनसायले ऋण तथा अन्य कुनैपनि सुविधा प्राप्त गर्नका लागि रोजगारदाता फारमदेखि अरू कुनैपनि प्रकारका फारम भर्दा झुट्टा विवरण उल्लेख गर्ने ग्रिनकार्ड वाहक, ग्रिनकार्ड प्राप्त गर्ने लाइनमा रहेका मात्रै नभएर कुनै पनि हिसाबले अमेरिकामा बसिरहेकाहरूलाई देश निकाला गर्ने तथा आफ्नो देश प्रवेशमा स्थायी रूपमा प्रतिबन्ध लगाउने नयॉ नीति अमेरिकी सरकारले लिएको छ ।

यसैगरी ग्रिनकार्ड, डिभि कार्यक्रम लगायत केही इमिग्रेसन सम्बन्धीका कामकारवाहीहरू समेत केही समयका लागि स्थगित गरिएका छन् । यस नीतिबाट केही संख्यामा नेपालीहरू समेत प्रभावित हुन सक्ने सरोकारवालाहरूको बुझाइरहेको छ ।

     

 

prabhu mahalaxmi
kumari bank
kumari