stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सरकार ढाल्न भारतीय चलखेल

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार
काठमाडौं । नेकपाका आदरणीय अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकार गिराउन र मुलुकमा अस्थिरता सिर्जना गर्न सहयोग पुग्नेगरी सोही पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका धेरैजना स्वकीय सचिवहरु र सहयोगीहरु मध्येका एक जनालाई गत चैत ४ गते भेटेका छन् ।
सोही दिनको उडानबाट नेपाल भित्रिएका उनी भारतीय गुप्तचर संस्था ̔र (Research and Analysis Wing-RAW) का पूर्व अधिकृत हुन, जो मोदी भारतीय प्रम बन्नुअघि नै ̔र को जागिर छाडी भारतीय जनता पार्टीका भातृ संगठनमा आबद्ध भएका थिए ।
पूर्व प्रम स्वर्गीय सूर्यबहादुर थापाका छोरा  सुनिल थापा र नेपाली कांग्रेसका आदरणीय उपसभापति विमलेन्द्र निधीले सहजकर्ताको भूमिका निर्वाह गरी ती भारतीयलाई प्रचण्डसम्म पुर्याएका थिए ।
कट्टर हिन्दुवादी ती पूर्व ̔र अधिकारी मूलत सत्ताधारी नेकपामा ल्याउन लागिएको आँधिबेहरीमा नेकपाकै वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको भूमिका कस्तो हुन्छ भनी जान्न र सरकारका विरुद्ध वातावरण निर्माण गर्ने क्रममा ̔अन्य सहयोग पुर्याउन नेपाल आएका हुन् ।
उनले पटक–पटक कम्युनिष्ट पार्टीको सरकारका विरुद्ध अर्का अध्यक्ष प्रचण्डको योजना, मधेशवादी दल र नेपाली कांग्रेसको भरथेग र नेपालमा सधैं अस्थिरता चाहने एकथरी भारतीय संस्थापनको आर्थिक तथा अन्य सहयोगमा ल्याइने अविश्वासको प्रस्तावप्रति माधवको भूमिका कस्तो हुनेछ भनी जान्न चाहेका थिए ।
सो अवसरमा प्रभावकारी र बढी क्लिक हुने पत्रिका तथा अनलाइनहरुका सम्बन्धमा पनि चर्चा भएको र लगत्तै ती भारतीयले नेपालका चलेका दुई दैनिकका सम्पादकलाई पनि भेटेका थिए । नेपालका सरकार बनाउन र गिराउन भारतीयको भूमिका केही वर्षअघि सम्म प्रत्यक्ष र सहजै पुष्टि हुनेगरी देखिन्थे ।
तर केही समय यता प्रत्यक्ष र देखिने गरी हस्तक्षेप भएको महशुस भएको थिएन । अब फेरी दुई तिहाईको सरकार बनाउने कम्युनिष्ट पार्टीका एक अध्यक्षकै संलग्नतामा भारतीयको भूमिकालाई प्रभावकारी बनाउन खोजिएको यस घटनाले पुष्टि गरेको छ । स्मरणीय यो छ कि, नेपाल भारतबीचको सीमाक्षेत्रमा प्रम ओली र गृहमन्त्री रामबहादुर थापाको सक्रीयतामा कोरोनाका बहानामा दर्जनौं सशस्त्र प्रहरी क्याम्प राखिएपछि भारतीय सत्तासिन र कुलिनहरुलाई नपचेको कुरा त चर्चामा आएकै हुन् ।
भारतले नेपाली सीमा मिचेर नेपाली भूभाग कब्जा मात्र गरेको छैन साँझसम्म नेपालीका नाममा भएका घर जग्गा रातारात मिचेर उतातिर पारेका छन् । यस्ता मिचाहा प्रवृत्तिको विरोध गर्दा कतिपय सीमाक्षेत्रका नेपालीलाई भारतीय सीमा सुरक्षा बलले गोली ठोकेर हत्या गरेका उदाहरण थुप्रै रहेका छन् ।
यस्तो अवस्थामा नेपालको सीमा जोगाउन तथा राष्ट्र र राष्ट्रियताको संरक्षण गर्न दूरदृष्टि राखी समयमै सीमा क्षेत्रमा सुरक्षा बलको उपस्थिति बढाउने कार्यलाई सहयोग पुर्याउनु पर्ने हो कि विदेशीसँग गोप्य कोठे बैठक बसी सरकार गिराउन लाग्नुपर्ने हो ? केही गरी यो सरकार हटिहाल्यो र नयाँ सरकार बन्यो भने सरकारको नेतृत्व गर्न हौसिने र हौसाउने हरुले हामी नेपाली र नेपालको हितका खातिर सीमा क्षेत्रमा खटाइएका सशस्त्र प्रहरी बललाई कुनैपनि हालतमा फिर्ता गराउँदैनौं भनी सार्वजनिक घोषणा गर्न सक्लान् ?
नाकाबन्दीताका भारतीयलाई सहयोग गरी नाका बन्द गर्न जाने पार्टीका नेताहरु त कुनैपनि हालतमा केपी–बादलले सीमामा तैनाथ गरेका सुरक्षा दस्तालाई त्यहाँबाट हटाएर स्वामीभक्ती प्रस्तुत गर्न चाहन्छन् नै, कम्युनिष्ट पार्टीका नेताहरुको लाइन पनि त्यही हो कि भनी जनतामा शंका भने उब्जाउनु हुन्न । उमेश दाहालबाट
kumari bank
kumari
nawakantipur long