citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

लकडाउन अवधिभर नागरिक ल्याउने–पठाउने होडबाजी नगरौँः मेयर शाक्य

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले उपत्यकावासी सबैलाई लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ । लकडाउन जारी नै रहेका बेला काठमाडौंबाट मजदुर–विद्यार्थी लगायतलाई धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि काठमाडौँ पठाउने गरेकोप्रति संकेत गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गर्नुभएको हो ।

‘पछिल्लो समय दर्जनौँ गाडीमा धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि धमाधम काठमाडौँ भित्र नागरिक पठाएका समाचार सञ्चार माध्ययमबाट निरन्तर आउन थालेका छन्,’ उहाँले भन्नुभयो, ‘विश्वमै महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणलाई रोकथाम र नियन्त्रणका लागि हामी सबै नेपाली एकजुट हुनुपर्छ । यसका लागि पनि लकडाउनको सबैले पूर्ण पालना गर्नुको अर्को विकल्प छैन ।’

महानगरपालिकाका प्रमुख शाक्यले सबै जिल्लाले र स्थानीय तहले उपत्यकाबाट आफ्ना नागरिक लैजाने र अन्तका नागरिकलाई पनि धमाधम पठाउने होडबाजी गर्ने हो भने लकडाउनको पालना नहुने र त्यसले थप समस्या सिर्जना हुने भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो । ‘काठमाडौँबासी एक जनालाई बाहिर जानु भनेर अनुमति दिएको छैन ।

साथै, उपत्यका बाहिरका नागरिकलाई पनि लकडाउन अवधिभरी आउनु भनेर एक जनालाई पनि अनुमति दिएको छैन,’ महानगरपालिकाका प्रमुख शाक्यले भन्नुभयो, ‘केही दिन अघि मात्रै सम्पन्न उपत्यका नगरपालिका फोरमको बैठकले पनि संयुक्त विज्ञप्ति नै निकालेर उपत्यका छाडी सयौँ किलोमिटर पैदलयात्रा गरी आफ्नो घर जाने र बाटोमा दुःख कष्ट भोगिरहेका समाचार निरन्तर आएपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

’ लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आ–आफ्नो क्षमताले भ्याएसम्म परिचालित भई रासन वितरण तथा अन्य प्रयास गरिरहेको भन्दै प्रमुख शाक्यले उपत्यकामा रहेका असाहय, अतिविपन्न र बेरोजगारले खानाको अभावमा बस्नु नपरोस भनेर राहत वितरणलाई निरन्तरता दिएको स्मरण पनि गराउनुभयो । ‘

 

लकडाउन अहिले पनि जारी छ । यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा निर्वाध रुपमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ,’

महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो, ‘मैले निरन्तर भन्ने गरेको छु, कोही भोकै परेको जानकारी सञ्चार माध्ययमका साथीहरु र अन्यले पनि देख्नुभयो भने उपत्यकाका जनप्रतिनिधि वा टोल फ्री न  ११८० र ११३१ मा जानकारी दिनुहोला । जिम्मेवारी लिन हामी तयार छौँ ।

बाहिरका बासिन्दाको जिम्मेवारी तपाईँहरुले लिइ दिनुहोला ।’ प्रमुख शाक्यले लकडाउनपछि अतिविपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई अहिलेसम्म काठमाडौं महानगरबाट मात्रै करीब ७४ हजारलाई राहत वितरण गरिएको छ । अहिलेसम्म काठमाडौँ महानगरबाट मात्रै ४९ हजार बढी प्लेट खाना खुवाएको महानगरपालिकाले जनकारी दिएको छ ।

gold
kumari bank