stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

‘कोरोना पछिको अर्थतन्त्रलाई उकास्न योजना र रणनीति आवश्यक’

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार

काठमाडौँ । अर्थशास्त्री तथा योजनाविद्ले कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपालको अर्थतन्त्रलाई परिरहेको र पार्ने समग्र असरको पूर्वानुमान एवं कोरोनापछिको मुलुकको अर्थतन्त्रलाई उकास्न समयमै योजना र रणनीति तय गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निमन्त्रणामा आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व अर्थमन्त्री एवं अर्थशास्त्रीहरुबीच भएको विशेष अन्तरक्रियामा उहाँहरुले सो धारणा व्यक्त गर्नुभएको हो ।

साथै लकडाउनका कारण नेपाली जनताले कष्टकर स्थिति भोगिरहेका बेला अनिवार्य राहत उपलब्ध गराउन जरुरी व्यक्ति, वर्ग र क्षेत्रलाई पर्याप्त राहत दिन राज्यले चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित रहेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा सभापति देउवा, पार्टीका नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा शशाङ्क कोइराला, पूर्णबहादुर खड्का, डा प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा मीनेन्द्र रिजाल,
विश्वप्रकाश शर्मा, उदयशम्शेर राणा र अर्थशास्त्रीहरु डा पृथ्वीराज लिगल, डा शङ्कर शर्मा, डा जगदीशचन्द्र पोखरेल, डा गोविन्द पोखरेल, डा स्वर्णिम वाग्ले, डा अच्युत वाग्ले, डा पोषराज पाण्डे, प्रभु बुढाथोकी, डा विश्व पौडेल र राजु नेपालको उपस्थिति थियो । रासस

kumari bank
kumari
nawakantipur long