चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा एकै घरका तीन जनाको मृत्यु
काठमाडौं । अबिरल बर्षासँगै काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोले पुरिएको हो ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेका छन् ।
अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो । पहिरोमा पुरिएरकाको आज बिहानसम्म पनि खोजी कार्य भइरहेको छ ।























