citizens life insurance long ad
stcnepal long ad

दसैंको दोस्रो दिन आज एकादशी, मान्यजनबाट टीका ग्रहण गरिँदै

आफन्त टीकाको दिन टीका ग्रहण गर्न नआइपुग्ने हुँदा कोजाग्रत पुर्णिमाको दिनसम्म नै टीका लगाएर आशीर्वाद लिने सकिने परम्परा रहि आएको छ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बडा दसैंको टीकाको दोस्रो दिन आज एकादशी । विजया दशमीको दिनमा मान्यजनका हातबाट टीका जमरा लगाएर आशिर्वाद लिन नपाएका र नभ्याएकाहरुले एकादशीको दिन पनि टीका ग्रहण गर्ने चलन छ ।

टाढा रहेका आफन्त टीकाको दिन टीका ग्रहण गर्न नआइपुग्ने हुँदा कोजाग्रत पुर्णिमाको दिनसम्म नै टीका लगाएर आशीर्वाद लिने सकिने परम्परा रहि आएको छ ।

बडा दसैंको दशौं दिन विजया दशमीको दिनबाट पाँच दिनसम्मै मान्यजन र आफन्तकहाँ पुगेर टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

२० लाख बढी मानिसहरु दशें मनाउन आ–आफ्नो थाँतथलो फर्किएपछि केहि दिन देखि सुनसान देखिएको काठमाडौं उपत्यकामा हिजो टीकाको दिनदेखि भने केही चलहपहल बढेको छ ।

आफन्तकहाँ टीका लगाउन जानेहरुको चलहपलह बाक्लो बन्दै गएको छ । आज पनि विहानैदेखि टीका लगाउन मान्यजन र आफन्तकहाँ जानेहरुको चहलपहल सडकहरुमा देखिएको छ ।

IME Life
kumari