citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

लागूऔषध सहित पक्राउ

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार

काठमाडौँ ।  सिरहा जिल्लाको वरियारपट्टी गाँउपालिका १ स्थित सीमा ईलाकाबाट बैशाख १३ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको लक्ष्मीपुर पतारी गाँउपालिका ५ बस्ने  साबिर अन्सारीलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले निज अन्सारीलाई डाईजो ल्याब १५ बोतल, प्रमोथिन १५ बोतल, नुफिन ९ बोतल र १५ वटा नाईट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका निज अन्सारीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ । यसैगरी पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनर्वाबाट बैशाख १३ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित सोही
महानगरपालिका २ बस्ने २१ बर्षिय सेख सफौज महमदलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर १४ गुल्म पर्साबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले निज महमदलाई कोरेक्स १२ बोतल, सिम्लेक्स १६ वटा र नाईट्रोभेट ट्याब्लेट १५ वटासहित पक्राउ गरेको हो । पक्राउ परेका निज महमदलाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।

gold
kumari bank