stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

मातृभूमिका लागि नेपालीको सहयोग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार
काठमाडौँ । मातृभूमिका लागि नेपालीले कोरोना नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको कारण खाद्यान्न अभाव भोग्दै आएका २ ओटा बृद्धआश्रममा राहत बितरण गरेको छ ।
संस्थाले कंचनपुरको बेतकोट नगरपालीका वार्ड नं ८ रौटेलामा रहेका बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्र लाई २० हजार र भिमदत्त नगरपालीका बनगाउँमा रहेको महिला तथा बृद्ध सेवा केन्द्र (बृद्धाश्रम)लाई ३० हजार गरी जम्मा ५० हजार बराबरको खाद्यान्न सामाग्री बितरण गरेको हो ।
           
उक्त सामाग्री मातृभूमिका लागि नेपाली कंचनपुरका संयोजक जयवहादुर चन्दले बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्दका संचालक बहादुर सिंह बिष्ठ र महिला तथा बृद्ध सेवा केन्दका संचालक शारदा चन्दलाई एक कार्यक्रम बिच हस्तान्तरण गर्नुभएको हो ।
 मातृभूमिका लागि नेपाली केन्द्रीय परिषद सदस्य एमव् उत्तर अमेरिकाका संयोजक शेखर ढुङ्गेलको सहयोगमा प्राप्त भएको उक्त राहातले बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रका २० जना र महिला तथा बृद्ध सेवा केन्दका ४२ जना गरी ६२ जना बृद्धबृद्धाहरुलाई केहि दिनको लागि भएपनि हातमुख जोर्ने वातावरण मिलेको कंचनपुर संयोजक चन्दले बताउनुभयो ।
मातृभूमिका लागि नेपाली उत्तर अमेरीका संयोजक ढुङ्गेलले यस अघि काठमाडौँमा रहेको स्नेहा पशु संरक्षण केन्द्रलाई पशुपक्षीको आहाराको लागि ३० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।
prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long