stcnepal long ad
himalayan Everest Insurance long ad

पूर्पक्षका लागि मिटरब्याजी अनिरुद्ध साह जेल चलान

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

महोत्तरी । मिटरब्याजी अनिरुद्ध साहलाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि जेल चलान गरेको छ ।

महोत्तरीदेखि झापा सम्मका दर्जनौँ व्यक्तिलाई मिटरब्याजको कुचक्रमा फँसाएर उठिबास र घरवारविहीन बनाउनुका साथै ऋण दिएकै कारण कतिपय महिलालाई यौन शोषण समेत गरेको आरोप लागेका जिल्लाको भङ्गाहा नगरपालिका–५ बस्ने मिटरब्याजी ४० वर्षीय अनिरुद्धलाई महोत्तरी जिल्ला अदालतका न्यायाधीश हेमबहादुर सेनको इजलासले पूर्पक्षका लागि जेल चलान गरेको हो ।

महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार अनिरुद्धले थुप्रै मानिससँग अवैधरूपमा ब्याज असुली गरेको, धेरैलाई उठिबास लगाएको र ब्याजकै कारण धेरैलाई घरबारविहीन बनाएको सम्बन्धी पर्याप्त सबुत प्रमाण अदालतमा पेस भएकाले उनलाई न्यायाधीश सेनले पूर्पक्षमै राखेर मुद्दा अगाडि बढाउने आदेश दिनुभएको हो ।

भङ्गाहा–५ बस्ने चन्द्रकला महरासमेतको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी भङ्गाहा–५ बस्ने अनिरुद्ध समेत भएको ठगी, आपराधिक विश्वासघात, लिखतसम्बन्धी कसुर तथा सङ्गठित अपराध  मुद्दाको  सिलसिलामा  निज प्रतिवादी अनिरुद्धलाई प्रहरीले भदौ ४ गते पक्राउ गरेको थियो ।

निज उपर उल्लिखित मुद्दामा आवश्यक अनुसन्धान पश्चात् जिल्ला सरकारी वकिल कार्यालयमार्फत महोत्तरी जिल्ला अदालतमा पेस गरिएकामा अदालतले उनलाई पूर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो ।

अदालतद्वारा पूर्पक्षका लागि जेल पठाउने आदेश भएपछि अनिरुद्धलाई जलेश्वर कारागारमा पठाइएको छ ।(

७ असोज २०७९, शुक्रवार ०५:२१ बजे प्रकाशित

NTA long ad