stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

देशभर १० लाख टन फोहर उत्पादन हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । देशभर वार्षिक करिव १० लाख टन भन्दा बढी फोहोर उत्पादन हुने गरेको एक अध्ययन प्रतिवेदन केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ ।

केन्द्रिय तथ्यांक विभागले एक राष्ट्रिय फोहरमैला लेखा पद्धति तयार गरेको छ । सो अनुसार उत्पादित फोहरमैलामध्ये सबैभन्दा बढी वार्षिक ३ लाख ८९ हजार ९ सय ८३ टन ल्याण्डफिल साइटमा जम्मा हुने, ३ लाख १५ हजार ६९ टन नदी किनार तथा बगर जस्ता वातावरणीय क्षेत्रमा जाने र २२ हजार ७५ टन दहन गरिने तथ्यांक देखाएको छ ।

फोहरमैलाको पुनःचक्रीय उपयोगमा जान सक्ने प्लाष्टिक, धातु, कागज तथा कागजजन्य वस्तु अत्यन्तै न्यून (८,६९० टन) परिमाणमा पुनःचक्रीय रूपमा उपयोग हुने अध्ययनले देखाएको छ ।

साथै, यस अध्ययनले नेपालका स्थानीय, प्रादेशिक तथा संघीय तहमा समेत फोहरमैला सम्वन्धी तथ्यांकहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार नरहेको समेत देखाएको छ ।

प्रतिवर्ष ३ लाख ८६ हजार ६ सय ९० टन आवासीय क्षेत्रबाट, २ लाख ४५ हजार ८ सय ८४ टन व्यापारिक क्षेत्रबाट, १ लाख ३ हजार २ सय ४४ टन शैक्षिक संस्थाहरूबाट, ९४ हजार ३ सय ९२ टन औद्योगिक क्षेत्रबाट, १ लाख १ हजार ५ सय ७ टन स्वास्थ्य सेवा क्षेत्रबाट र ६६ हजार २ सय २० टन अन्य क्षेत्रबाट निष्कासन हुने गरेको छ ।

अध्ययनअनुसार नेपालमा धेरै मात्रामा फोहोर अग्रांनिक वस्तुबाट उत्पादन हुन्छ । जसअन्तर्गत कृषिजन्य वस्तुबाट हुने फोहोरको मात्रा धेरै हुने गरेको छ । यस्तै, प्लाष्टिक, पेपर उत्पादन, मेटल, ग्लास, रबर तथा लेदर, टेक्सटायल बढी मात्रामा उत्पादन हुने फोहोर हो ।

नेपालमा फोहरमैला व्यवस्थापन एक पर्यावरणीय चुनौतीको रूपमा रहेको छ । फोहोर मैला व्यवस्थापनको मुद्दा जोसुकै नेतृत्वको लागि पनि जटिल विषय बन्दै गएको छ ।

केन्द्रीय तथ्यांक विभागको यस अध्ययन प्रतिवेदनले गाँउपालिकाबाहेक देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूको फोहरमैला सम्वन्धी तथ्यांकहरू समावेश गरेको छ साथै देशको समग्र भौगौलिक क्षेत्रलाई समेटेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।

prabhu mahalaxmi
kumari