stcnepal long ad
global ime bank long

टेमासेक फाउन्डेशनले नेपाललाई १०,००० फर्टिट्यूड किट २.० प्रदान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १२ गते शुक्रबार

काठमाडौँ । सिंगापुर लगानीकर्ता कम्पनी अन्तर्गत एक परोपकारी संस्था टेमासेक फाउन्डेशनले नेपाललाई १०,००० फर्टिट्यूड किट २.० प्रदान गरेको छ । उक्त किटहरु नेपाल सेनालाई प्रदान गरिएको थियो जुन फ्रन्टलाइन स्वास्थकर्मद्वारा देशभरका कोभिड—१९ का बिरामीहरुको परिक्षणका लागि उपयोग गरिनेछ ।
फर्टिट्यूड किट २.० विज्ञान, प्रविधितथा अनुसन्धानका लागि सिंगापुरको एजेन्सी (A*START) द्वारा एसएआरएस कोभिड–२ भाइरस (  SARS-CoV-2_) पत्ता लगाउनका लागि डिजाइन गरिएको हो । यो एसएआरएस कोभिड–२ भाइरस पत्ता लगाउनका लागि“अलइनवान” १ चरण आरटी—पीसीआर किट हो । यो किटमाआरटी—पीसी r/0fR  रियाक्शनका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु प्रइमर प्रोब मिक्स, इन्जाइममिक्स, पोजेटिभ कन्ट्रोल, नेगेटिभ कन्ट्रोल र इन्टरनल कन्ट्रोल टेमप्लेट सहित आउँदछ ।
टेमासेक फाउन्डेशन इन्टरनेशनलका प्रमुख कार्यकारी निर्देशक बेन्डिक्ट चियोङले भन्नुभयो, “यो कठिन समयमा, टेमासेक फाउन्डेशन नेपालका हाम्रा साथीहरुसँग एकतावद्ध छ । हामी आशा गर्दछौं कि यी किटहरु नेपालमा साहस पूर्वक कोभिड—१९ का अवस्थाहरुलाई व्यवस्थापन गरिरहेका अस्पताल र चिकित्सकहरुलाई उपयोगी हुनेछ । हामीहाम्रो निरन्तर सहकार्यलाई कायम गर्दै एक अर्कासँग र अन्तर्राष्ट्रिय समुदायहरुसँग कार्य जारी राख्नेछौं ।”
टेमासेक फाउन्डेशनले नेपाल सरकारको सीसीएमसी, स्वास्थ मन्त्रालय, नागरिक समाजका सदस्यहरु डा. बिजेन्द्र बराल, रञ्जित आचार्य र निल पाण्डेलाई समन्यवयन प्रयासका लागि हार्दिक आभार व्यक्त गरेको छ । श्री एयरलाइन्स र निजि क्षेत्रका दुई उदार व्यक्तित्व पशुपति मुराकर र शेखर गोल्छा बिना यो सम्भव थिएन जसले सिंगापुरबाट सामानहरु ल्याउन प्लाइट चार्टर्ड गरेका थिए ।
टेमासेक फाउन्डेशनले सन् २०१४ माप्रकोप न्यूनिकरण प्रयासको रुपमा सरकारी विद्यालयहरुको पर्खाल संरचनाहरु सुद्दढ पार्न मद्दत गरेको थियो । यो फाउन्डेशनले आवश्यकताको समयमा देशको सेवागर्दै आइरहेको छ ।

IME Lifesidebar
kumari