stcnepal long ad
ime life insurance
national life
global ime bank long

पञ्चकन्या ग्रुप र रोटरी क्लब काठमाडौले पीपीई सामाग्री हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बैशाख १०, २०७७ बुधबार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका साथै नागरिकका सबै खाले स्वास्थ्य सम्मस्या प्रति सरकार गम्भीर रहेको बताए ।

                             

पञ्चकन्या ग्रुप र रोटरी क्लब काठमाडौँले प्रदान गरेको व्यक्तिगत सुरक्षा कवच (पिपिई) बुथ आज मन्त्रालयमा ग्रहण गर्दै मन्त्री ढकालले विपद्को समयमा सबै क्षेत्रका व्यक्ति तथा संस्थाले चिकित्साकर्मीको मनोबल उच्च बनाउन काम गर्नुपर्नेमा जोड दिए । उनले यस्ता सहयोगले अग्रभागमा रहेर काम गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाइ राख्न सहयोग पुग्ने बताए ।

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीपकुमार श्रेष्ठले सरकारसँग धेरै सहकार्य गर्न चाहेको अवगत गराउँदै पिपिई बुथहरु अझ धेरै उत्पादन गरेर स्वास्थ्य संस्थालाई निःशुल्क वितरण गर्ने जनाए ।

IME Lifesidebar
kumari