citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाल प्रेस काउन्सिलमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा अष्ट्रेलियाका लागि हालै राजदूत नियुक्त हुनु भएका महेशराज दाहालले गत कार्तिक १७ गते प्रेस काउन्सिल नेपालको भ्रमण गर्नुभएको छ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले नवनियुक्त राजदूतलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गर्नु भएको थियोे । सो अवसरमा दुई देशका मिडियाबीच अनुभव आदान–प्रदान, सूचना प्रविधिका विकासबारे नियमित परामर्श, अध्ययन–अवलोकन भ्रमण, सम्बन्ध विस्तार, नेपाल भ्रमण वर्ष २०२० को सफलता लगायतका विषयमा छलफल भएको थियो । राजदूत दाहाल नोभेम्बर ६ तारेखमा अष्ट्रेलिया जाने र नोभेम्बर १३ मा त्यहाँका गभर्नर समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । दाहाललाई फिजी र न्युजिलैण्डको समेत कार्यक्षेत्र जिम्मेवारी तोकिएको छ । नेपाल टेलिभिजनका पूर्व कार्यकारी अध्यक्ष, रोटरी इन्टरनेशनल, जेसिस, लायन्स क्लबलगायतका संघसंस्थाको अनुभवप्राप्त दाहालसँग अष्ट्रेलियामा कार्यरत नेपालीसम्बद्ध करिब ११२ वटा संघसंस्थाबीच समन्वय गर्दै नेपाली नागरिकको हकहितमा जुट्नुपर्ने तथा डेढ वर्षभित्र आफ्नै दूतावास भवन निर्माण गर्नुपर्ने जस्ता चुनौतीहरु छन् । अष्ट्रेलियन प्रेस काउन्सिल (एपिसी) को निमन्त्रणामा सन् २०१७ नोभेम्बर १२ मा प्रेस काउन्सिल नेपालको ५ सदस्यीय प्रतिनिधिमण्डलले सिड्नीको भ्रमण गरेको थियो । एपिसीले मिडियाको आचारसंहिता अनुगमन एवं नेपालको वितरण सम्परीक्षण समिति (एबिसी) जस्तै अखबार वर्गीकरणको काम गर्दछ । भूगोलको हिसावले विश्वको छैठौें र नेपालभन्दा ४८ गुणा बिशाल राष्ट्र अष्ट्रेलियाको जनसंख्या अढाई करोड मात्रै छ । आकर्षक शैक्षिक गन्तव्य रहेको अष्ट्रेलियामा नेपाली विद्यार्थीले वार्षिक १३ अर्ब रुपैयाँ शिक्षण शुल्कबापत खर्च गर्छन् भने त्यताबाट रेमिट्यान्स ६ अर्ब मात्रै नेपाल भित्रिने गरेको छ । हालसम्म २५ हजारको हाराहारीमा अष्ट्रेलियन पर्यटक नेपाल आएकाछन् । अष्ट्रेलियासँग नेपालको ब्यापारघाटा उच्च रहेको छ । अष्ट्रेलियामा एक लाख चालिस हजार नेपालीको बसोबास छ । अष्ट्रेलियाले सामुदायिक वनको क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएको छ ।

IME Life
kumari