stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

बढी मूल्य लिएर सामग्री बिक्री गर्ने पसललाई विभागले गर्यो कारवाही, २-२ लाख रुपियाँ जरिवाना

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ५, २०७७ शुक्रबार

काठमाडौँ । दैनिक उपभोग्य वस्तुमा बढी मूल्य लिएर बिक्री गर्ने दुई पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको छ । लकडाउनका अवधिमा खाद्य वस्तुमा मूल्य वृद्धि गरी बिक्री गरेकाले महांँकालस्थित डेली ग्रोसरी प्रा.लि.लाई रु दुई लाख जरिवाना गराइएको विभागले जनाएको छ ।

अधिकतम खुद्रा बिक्री मूल्य समावेश गरिएको सामान दोब्बर मूल्यमा बिक्री गरेको भेटेपछि कारवाहीस्वरुप जरिवाना गराइएको विभागका अनुगमन निरीक्षक दीपक पोख्रेलले जानकारी दिए । उनका अनुसार अनुसार बिहीबार नै इमाडोलस्थित दीपशिखा स्टोर्समा खरिद बिल नभएकाले रु पचास हजार जरिवाना गराइएको छ ।

अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना गरिएको पोख्रेलले जानकारी दिए ।। विभागले बुधबार बढी मूल्यमा किराना सामग्री बिक्री गरेकाले सीतापाइलास्थित बुद्धबजार प्रालिलाई रु दुई लाख जरिवाना तिराएको थियो ।

टाउन प्लानिङ मिट सपलाई दुई लाख जरिवाना वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्यमा मासु बिक्री गरेको पाइएपछि बुधबार सामाखुसीस्थित टाउन प्लानिङमा रहेको टाउन प्लानिङ टाप्रो मिट शपलाई रु दुई लाख जरिवाना गरेको छ ।

अनुगनमनका क्रममा मासुको मूल्य बढाएर उपभोक्तामाथि ठगी गरेको पाइएको विभागले जनाएको छ । उक्त मिट शपलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ अनुसार जरिवाना गरिएको विभागले जनाएको छ । लकडाउनको समयमा पनि विभागले बजार अनुगमनलाई निरन्तरता दिएको छ । रासस

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long