कोरोना भाइरस नियन्त्रणमा राज्य र जनताको दायित्व
आर्थिक सञ्जाल वैशाख ५, २०७७ शुक्रबार
उमा सिपी
अहिले समाज माथी गम्भीर संकटको अवस्था छ, यस्तो अवस्थामा सवै एकजुट भई यो माहामारीबाट मानवीय क्षति हुनबाट जोगिऔ र जोगाऔ।
अहिलेको आवश्यकता लकडाउनको पूर्णपालना र अत्यावश्यक चिजवस्तुको कमि हुन न दिई सवै नागरिकको जीवन सुरक्षित बनाउन खाधान्न लागायतको उचित व्यवस्थापन। यसको जिम्मेवारी वूझ्न जरुरी छ
,१) नागरिक जिम्मेवारी २) राज्यको जिम्मेवारी नागरिकको जिम्मेवारी
२) घरमा वसी रोग संक्रमण हुन नदिने कार्यमा सहयोगी भूमिका निर्वाह गर्ने
३ ) सवै छिमेकी, गाउलेहरुलाई सोही वमोजिम गर्न गराउन उत्प्रेरित गर्ने
४ भारत लगायत तेस्रो मुलुकवाट आई लुकि छिपि वस्नेवारे गोप्य र सही सूचना दिने
५ ) धार्मिक र परम्परागत कुनै पनि गतिविधीमा समावेश न हुने र हुनवाट रोक्न सवैलाई अनुरोध गर्ने
६ )) हाट वजारमा न जाने तथा हाटवजार संचालन हुन न दिन स्थानीय निकायलाई सहयोग गर्ने
७ )कोरोना भाईरसवाट जोगिने उपायवारे सवैलाई सचेत गराउने र सोको पालना गर्ने
८) स्थानीय निकाय र प्रशासनलाई सकारात्मक सहयोग र सुझाव दिने
९) गरिव, दुखी र असहायलाई आवश्यक मानवीय सहयोग गर्ने, अफवाह नफैलाउने तथा यस्ता समाचारवाट जोगिने
१० ) यस घडीमा आवश्यक अन्य कार्यहरुमा सकृय रहने राज्य पक्ष
११ ) महामारीवाट आम नागरिकलाई जोगाउन पूर्णरुपमा कार्यान्वयन हुने ठोस रणनीति तयार पारी सोही वमोजिमको औषधी उपचार र राहत दिने
१२) स्थानीय निकायवाट प्रदान गरिने सेवा प्रभावकारी र विश्वासनीय बनाउने
१३ ) अहिलेको आवश्यकता बुझि उपचारको व्यवस्थापनलाई वढी जोड दिनु पर्ने
१४ ) राजनैतिक स्वार्थ छोडी राहत आवश्यकता भएकालाई मात्र राहत दिई वाकी रकम अस्पतालको लागि आवश्यक उपकरण औषधी र स्वस्थ्यकर्मीको सुरक्षामा खर्च गर्नु पर्ने
१५ ) महामारी लामो समय सम्म कायम रहि रहन सक्ने हुदा अहिले रकम जोगाई राक्न आवश्यक रहेको देखिन्छ।
१६ ) हाट वजार र अत्य आवश्यक चीज वस्तुको सप्लाईमा अत्यन्त ध्यान दिनु पर्ने जसवाट आम नागरिक संक्रमणवाट जोगिन सकोस
१७ ) क्वारेन्टाईन र आईसोलेसनको गुणस्तर बृद्धि गरियोस, विमारीको पूर्णरुपमा नि:शुल्क उपचारको व्यवस्थापन हुनु आवश्यक
१८ ) सवै सरोकारवाला सरकारी निकाय विच उचित समन्वय र सहकार्य
१९) सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मनोवल उच्चराखी आवश्यक सुरक्षा उपकरण प्रदान गर्नु पर्ने