stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले विमानस्थलका मनिचेञ्जरलाई पनि डलर सटही सुविधा दिए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले विमानस्थलका मनिचेञ्जरलाई पनि डलर सटही सुविधा दिएको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले परिपत्र जारी गर्दै मनिचेञ्जरलाई पनि २०० डरलसम्मको सहटी सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम ९४० को खण्ड ९घ० को व्यवस्था बमोजिम उक्त सुविधा प्रदान गरेको राष्ट्र बैंकले जनाएको छ ।

भारतबाहेक तेस्रो मुलुकमा भ्रमणमा जाने नेपाली नागरिकलाई १ हजार ५०० डर र सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत २०० डलर बराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा दिने व्यवस्था यथावत रहेको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ ।

तर, सोही सीमा नबढ्न गरी अन्तर्राष्ट्रिय विमानस्थलमा सम्बन्धित कार्यालको स्वीकृत लिएर विदेशी मुद्रा बिक्री गर्ने अनुमति पाएका मनिचेञ्जरले २०० डरलसम्म सटही गर्न सक्ने व्यवस्था गरेको बताइएको छ ।

वैदेशिक रोजगारीमा जानेका लागि राहदानीबापत २०० डरल र भ्रमणमा जानेका लागि १ हजार ५०० डलरको सीमा यथावत रहेको उनले बताए ।

राहदानी हेरेर उक्त सीमा नबढ्ने गरी विमानस्थलमा रहेको राष्ट्र बैंकबाट डलर कारोबारको स्वीकृत लिएका मनिचेञ्जरले उक्त सेवा प्रदान गर्न पाउने भएका छन् ।

prabhu mahalaxmi
kumari