नेपाल धितोपत्र बोर्डसँग सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनीङले बुक बिल्डिङबाट आइपीओ ल्याउन अनुमति मागे
काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले पहिलो चरणमा बोर्डसँग योग्य संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता आइपीओ निष्काशनको अनुमति मागेको हो ।
कम्पनीको प्रावधानमा कूल सेयरको ४० प्रतिशत कित्ता योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोही अनुसार कम्पनीले बोर्डमा आवेदन दिएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
यस्तै, रिलायन्स स्पिनीङ मिल्सले पनि बुक बिल्डिङ विधिबाट आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले पहिलो चरणमा बोर्डसँग योग्य संस्थागत लगानीकर्ताको लागि ७ लाख ७० हजार ६४० कित्ता आइपीओ निष्काशनको अनुमति मागेको हो । कम्पनीको प्रावधानमा कूल सेयरको ४० प्रतिशत कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ ।
सोही अनुसार कम्पनीले बोर्डमा आवेदन दिएको हो । यसमा पनि बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
























