stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

उपरथी थापा युएन मिसनको फोर्स कमान्डर नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घ (युएन) ले नेपाली सेनाका उपरथी निर्मल कुमार थापालाई शुक्रवार फोर्स कमान्डर नियुक्त गरेको छ ।

युएनका महासचिव एन्टोनियो गुटेरेसले गुटेरेसले थापालाई सिरिया र इजरायलबिचको विवादित क्षेत्र गोलान हाइटमा ४० भन्दा बढी मुलुकका शान्ति सैनिकहरूलाई ‘युएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’ को नेतृत्व गर्ने जिम्मेवारी दिएका हुन् ।

 

शान्ति मिसनको दुई वर्षे जिम्मेवारी पूरा गरेर फर्किसकेका नेपाली सेनाका रथी ईश्वर हमालको ठाउँमा थापाले गएर काम गर्नेछन् ।

सैनिक मुख्यालयको युद्ध महानिर्देशनालयको महानिर्देशकका रूपमा कार्यरत उपरथी थापालाई नेपाली सेनाको सिफारिसमा सरकारले फोर्स कमान्डरका स्वीकृति दिएको थियो ।

विश्व शान्तिका लागि सेना पठाउने देशमध्ये नेपाल दोस्रो नम्बरमा छ । नेपाल सन् १९५५ मा युएनको सदस्य भएको थियो ।

त्यसपछि सन् १९५८ मा लेबनान र १९६६ मा भारत–पाकिस्तानमा ‘मिलिटरी अब्जर्भर’ र त्यसपछि सन् १९७४ मा इजिप्टको सिनाईमा शान्ति सैनिक फौज पठाएको थियो ।

हालसम्म नेपाली सेनाले विभिन्न मुलुकका ४४ भन्दा बढी मिसनमा १ लाख ४० हजार ३ सय ५४ शान्ति सैनिक पठाइसकेको छ ।

नेपालले सैनिकका साथै सिरिया, लिबिया, इराक, कङ्गो, हाइटी, लेबनान, सुडान, दक्षिण सुडान, इजरायल, कङ्गो, माली लगायत द्वन्द्वग्रस्त मुलुकमा इन्जिनियर, मेडिकल टिम र स्पेसल फोर्ससमेत मिसनमा पठाइरहेको छ ।

पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकालमा चार वर्षअघि नेपालले एक वर्षमा करिब १० हजार शान्ति सैनिक पठाउने प्रस्ताव गरेको थियो । नेपाली सेनामा हाल करिब ९६ हजारको दरबन्दी छ ।

prabhu mahalaxmi
kumari