stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्रपतिबाट १३ विधेयक प्रमाणीकरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएका १३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि आएका १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम शुक्रबार प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

विधेयकको नाम र प्रमाणीकरण मिति :

(लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९/३/३१,

(आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१,

(ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,

(राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१,

(नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९/३/३१,

(तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१,

(यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,

(फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,

(नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,

(सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,

(औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,

(स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१ र

(रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१ रहेको छ ।

prabhu mahalaxmi
kumari