stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सात वटा विभिन्न देशका लागि नवनियुक्त हुनुभएका राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज एक समारोहकाबीच उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

 

राष्ट्रपति भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएका नवनियुक्त राजदूतहरुमा बहराइनका लागि नेपाली राजदूत तीर्थराज बाग्ले, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल, साउदी अरेवियाका लागि राजदूत नवराज सुवेदी, श्रीलंकाका लागि राजदूत वासुदेव मिश्र, अष्ट्रिया तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि भरतकुमार रेग्मी, इजिप्टका लागि राजदूत सुशीलकुमार लम्साल, बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी रहनुभएको छ ।

 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नवनियुक्त राजदूतहरुले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आयोजित एक कार्यक्रमबीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।

 

prabhu mahalaxmi
kumari