stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वैदेशिक रोजगार बोर्डको नीति तथा कार्यक्रम स्वीकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वैदेशिक रोजगार बोर्डको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत भएको छ । बिहीबार श्रम मन्त्रालयमा बसेको बोर्डको ७४ औं नियमित बैठकले आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एंव बोर्डका अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले आगामि आर्थिक वर्ष २०७९/०८० का लागि बोर्डको कल्याणकारी कोषको स्रोत परिचालन हुनेगरी १ अर्ब ५८ करोड १६ लाखको बजेट स्वीकृत गरेको छ । बोर्डले विशेषगरी ९ वटा कार्यक्रमका लागि बजेट विनियोज गरेको छ ।

 

बोर्डले अनलाइन प्रणालीबाट प्रवाह गरिने आर्थिक सहायता वितरण कार्यक्रम, अलपत्र कामदारहरूको उद्दार तथा राहत कार्यक्रम, निस्शुल्क सीप तालिम, सुरक्षित, मर्यादित एवं लाभदायी वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण, सुरक्षित, मर्यादित एवं लाभदायी वैदेशिक रोजगारी सम्वन्धी सूचना तथा परामर्श, पुनः एकीकरण कार्यक्रम, नेपाली श्रमिकहरुको सामाजिक तथा स्वास्थ्य सुरक्षा कार्यक्रम, प्रशिक्षण, अध्ययन तथा अनुसन्धान र सरोकारवालाहरुसँगको सहकार्य र संस्थागत क्षमता अभिवृद्धी गरी ९ वटा कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले यो विषयमा विस्तृत जानकारी केही दिनमा बोर्डको वेबसाइटबाट सार्वजनिक गर्ने बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई सुरक्षित, मार्यादित र सम्मानित बनाउनका लागि बोर्डले आगामि दिनमा विषेश काम गर्ने बताएका छन् ।

उनले बोर्डबाट प्रवाह हुने सेवालाइ सरल, सहज र प्रविधिमैत्री बनाइ सुशासन प्रवर्द्धन गर्नका लागि पहल गर्ने बताए । अहिले पनि वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले थुपै समस्या भोगिरहेकाले उनीहरुका समस्यालाई पनि बोर्डले सम्बोधन गर्ने गरी काम गर्न बोर्डका कर्मचारीलाई मन्त्री कुँवरले आग्रह गरेका छन् ।

नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रर्वधन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनको लागि वैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्था बमोजिम यस वोर्डको गठन भएको हो । बोर्डको नियमित कार्य संचालन वैदेशिक रोजगार बोर्डको सचिवालयले गर्दै आइरहेको छ ।

बोर्डको अध्यक्ष श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहेका छन् भने, बोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, पैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, वैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल वोर्डमा अध्यक्ष सहित २५ जना सदस्यहरु रहेका छन् ।

prabhu mahalaxmi
kumari