stcnepal long ad
global ime bank long

पूर्वउपप्रमुख सहित नौ जना विरुद्ध मुद्दा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर उपमहानगरपालिकाका पूर्वउपप्रमुख इन्दिरा कार्कीसहित नौ जना विरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

महानगरपालिका–१५ को पोखरी निर्माणको क्रममा काम गरेकोभन्दा धेरै भुक्तानी गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

 

 

यस कार्यमा संलग्न रहेको आरोपमा उपप्रमुख कार्की, वडा नम्बर १५ का तत्कालीन अध्यक्ष असलम आलम, तत्कालीन प्रशासकीय अधिकृत एकदेव अधिकारी, सहरी विकास महाशाखाका प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सब–इन्जिनियर मो. इफतेखार आलम, पोखरी पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दीनानाथ आचार्य र कोषाध्यक्ष कल्पना आचार्यविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गर्नुभएको विज्ञप्तिका अनुसार मुद्दा दायर गरिएकामध्ये अधिकारी, पोखरेल, प्रधान र आलम र उपभोक्ता समितिका तीनै जना पदाधिकारीलाई १० लाख ५५ हजार ९७९ रुपियाँ तथा नगर उपप्रमुख कार्की र १५ का वडाध्यक्ष आलमलाई पाँच लाख आठ हजार ६७९ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही माग गरिएको छ ।

यसैगरी डिभिजन वन कार्यालय चितवनका तत्कालीन रेन्जर जगदीप गौतमले सेवाग्राहीसँग घुस लिएको आरोपमा एक लाख पचास हजार रुपियाँ र मालपोत कार्यालय ताप्लेजुङका अधिकृत लेखा पनेरु महतले पनि सेवाग्राहीसँग घुस लिएको आरोपमा एक लाख पचास हजार रुपियाँ बिगो कायम गरी भ्रटाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

IME Lifesidebar
kumari