stcnepal long ad
global ime bank long

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियान चाओ आठ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार बिहान काठमाडौं अवतरण गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले उनको स्वागत गरेका थिए ।    विदेश विभाग प्रमुखको रुपमा नियुक्त भएपछि लिउको यो पहिलो नेपाल भ्रमण हो ।

 

चार दिने नेपाल भ्रमणमा आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतासँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

 

विदेश विभाग प्रमुख लिउ होटल द्वारिकामा बस्नेछन् । गत चैतमा चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणपछि छिमेकी चीनका तर्फबाट भएको यो उच्चस्तरको अर्को भ्रमण हो ।

 

नेपाल र चीनबीच लामो समयदेखि रहेको मैत्री सम्बन्ध विस्तारका लागि लिउको भ्रमणलाई महत्वका साथ हेरिएको छ । विदेश विभागमा नियुक्त भएपछि उनले सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र, प्रमुख विपक्षी दल नेकपा (एमाले) का शीर्ष नेतृत्वसँग श्रव्यदृश्यका माध्यमबाट संवाद गरेका थिए ।

IME Lifesidebar
kumari