stcnepal long ad
ime life insurance
global ime bank long

पोखरा महानगरपालिकाद्वारा अस्पताललाई एक सय थान पिपिई प्रदान

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार

पोखरा । पोखरा महानगरपालिकाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सहयोग गरेको छ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापालाई आज १०० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गर्नुभयो । प्रमुख जिसीले गण्डकी प्रदेशकै नेतृत्वदायी अस्पतालका रुपमा रहेकाले सुरक्षित बनाउन महानगरले सहयोग गरेको जानकारी दिनुभयो ।

उहाँले अस्पताल सुरक्षित नभएसम्म बिरामी सुरक्षित नहुने भन्दै चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा पहिलो प्राथमिकता भएको बताउनुभयो ।

महानगरप्रमुख जिसीले भन्नुभयो, “ महामारीलाई जित्नेतर्फ लागौँ अरु कुरा पछि गर्दै गरौँला ।” प्रतिष्ठानका उपकुलपति डा. बृद्धिबहादुर थापाले महानगरले प्रदान गरेको स्वास्थ्य सामग्रीले कोरोना सङ्क्रमणको उपचारमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्यकर्मी अहिलेको महामारीका अग्रपङ्क्तिका सिपाही भएकाले उनीहरुको मनोबल उच्च बनाउने गरी सबैले सहयोग गर्नुपर्नेमा थापाले जोड दिनुभयो । यसअघि महानगरले उक्त अस्पताललाई दुई वटा स्प्रे मेसिन प्रदान गरेको थियो ।रासस

prabhu mahalaxmi
kumari