citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

डलरको भाउ फेरि बढ्यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार
काठमाडौं । बुधबार केही सम्हालिएको डलरको भाउ बिहीबार पुनः बढेको छ । नेपाल राष्ट्र बैंकले आज बिहीबार एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ९० पैसा र बिक्री दर १२२ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ ।
यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो बुधबार एक अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ ७१ पैसा र बिक्री दर १२१ रुपैयाँ ३१ पैसा थियो ।
पछिल्ला दिनहरुमा फेरि डलरको भाउ चुलिन थालेको छ । विशेषगरी अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सस्तो भएको छ । यस्तै, सेयर बजारहरुमा पनि गिरावट आइरहेको छ ।
यता, भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर भएको छ । स्थिर विनिमय दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित भएको हो ।
gold
himalayan life insurance long ad
kumari bank