stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

राहत वितरणमा नमुना पनौती नगरपालिका

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार 
बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले कोरोना भाइरसबाट प्रभावित अतिबिपन्न परिवारहरुलाई व्यवस्थित रुपमा राहत वितरण गरी देशकै नमुना नगरपालिका भएको ‍छ । पनौती नगरपालिकाले लकडाउन देखिनै राहत सहयोग संकलन केन्द्र फुड बैंक नै खडागरी राहत वितरण गरेको छ ।
पनौती नगरपालिकाको सिकोगरी काभ्रेका रोशी गाउँपालिका लगायत अन्य स्थानीय तहहरुले पनि फुड बैंक खडा गरेका छन । पनौती नगरपालिकाको सिक‍ो देशका अन्य स्थानीय तहहरुले पनि गरेका छन । पनौती नगरपालिकामा अहिले सम्म दुई दर्जन भन्दा बढी स्थानीय संघसंस्थाले राहत सहयोग गरेका छन् भने व्यक्तिगत रुपमा पनि सहयोग आइरहेको छ ।
नगरपालिकाका मेयर भीम न्यौपानेले सुरु देखिनै आफुखुसी राहत वितरणमा रोक लगाएका थिए । त्यससँगै सहयोग गर्न इच्छुकले फुड बैंकमा जानकारी गराएर नगरपालिकाको निर्णय अनुसार मात्र राहत वितरण गर्न मेयर न्यौपानेले नियम वसालेका थिए ।
नगरपालिकाको बिपद व्यवस्थापन समितिको बैठकमा नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत तथा राहत सहयोग संकलन केन्द्रका संयोजक इन्द्रप्रसाद अधिकारीका अनुसार अत्यावश्यक खाद्यान्न, औषधि, लगायतको व्यवस्थापन भएको छ ।
विभिन्न देशहरुबाट पछिल्लो समय पनौती फर्किएकाहरुको खोजी भइरहेको उनले बताए । नगरपालिकाका मेयर तथा बिपद व्यबस्थापन समितिका संयोजक भिम न्यौपानेले एकद्वार प्रणालीद्वारा राहत वितरण कार्य थालनी गरिएको र यसलाई निरन्तरता दिइने वताएका छन् ।
वडागत रुपमा अति बिपन्न परिवारको पहिचान गरि पहिलो चरणमा घोषित राहत सामाग्री वितरण गरि सकिएको पनि उनले बताएका छन् । राहत सहयोग संकलन केन्द्रमा ज्योती मिर्मिरे सामुहिक साकोस, सामुदायिक साकोस, बिन्धवासिनी साकेस, जनमैत्री ,जागृत कुशादेवी बचत तथा ऋण सहकारी संस्था, एकीकृत साकोस, रोशी, उद्यम बिकास, इन्द्रेश्वर, हिमाल बहुउदेश्यीय सहकारी, बिनायक, नमुना बहुउदेश्यीय सहकारी, लगायतका सहकारी संस्थाहरु, अनेरास्ववियु काभ्रे, बाग्मती टिपर व्यबसायी संघ ,आत्मज्ञान प्रचार संघ ,रविन्द्र पुरी फाउन्डेसन ,लसुन जोडि, इन्द्रेश्वर मा.वि.२०४२ एसएलसी व्याज, हाम्रो पनौती समाज, पनौती वडा ८ वडा सदस्य शोभा कार्की, पिस होमले राहत उपलब्ध गराएका छन् ।
यस्तै काभ्रे पुन्यवती यातायात प्रा. लि, मल्पी इन्टरनेशनल स्कुल, रोशी खोला खानी समूह,  निर्माण व्यवसायी संघ काभ्रे, पशुपति टोल सुधार समिति लगायतका अन्य थुप्रै व्यक्ति र संघ सस्थाहरुले नगद तथा खाद्यान्न सामाग्री सहयोग गरेको नगरपालिकाले जनाएको छ ।
यस अघि नै नगरले ४ जना सम्मको परिवार र त्यो भन्दा बढी संख्याको परिवारलाई गरि दुई प्रकारको प्याकेज घोषणा गरि वितरण गरिसकेको मेयर भीम न्यौपानेले वताएका छन् ।
देशभरकै नमुना राहत वितरक स्थानीय तह पनौती नगरपालिका अन्तरगतको फुड बैंकमा हालसम्म चामल १७ हजार ६ सय ४० किलो, दाल ९ सय २६ किलो, चिउरा १ हजार ५० किलो, चिनी २ हजार ६६ केजि, प्याज १५० केजि, गेडागुडी ५० केजि, तेल ९ सय ३४ लिटर, चाउचाउ ४ हजार ७५० प्याकेट, नुहाउने र हात धुने साबुन १ हजार ७३ ओटा, लुगा धुने साबुन १ हजार ८० ओटा,आलु २८ बोरा, चियापत्ती ५४ केजि, नुन ९२० केजिका साथै मस्यौरा, बिस्कुट आदि सहयोग प्राप्त भएको मेयर भीम न्यौपानेले जानकारी दिएका छन् ।
उहाका अनुसार विभिन्न संघ सस्था तथा व्यक्तिहरुवाट सहयोग स्वरुप नगद ६० हजार रुपैयाँ प्राप्त भएको उनले बताएका छन् ।
prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long