stcnepal long ad
global ime bank long

अब फेरि भरी सिलिण्डर ग्यास नै पाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार

काठमाडौं नेपाल आयल निगम लिमिटेडले अब भरी सिलिण्डर ग्यास नै बेच्ने निर्णय गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले आज बिहीबारबाट भरी सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको हो ।

लकडाउन यता निगमले आधा सिलिण्डरमात्रै ग्यास बिक्री गर्दै आएको थियो ।  बुधबारको सञ्चालक समितिको निर्णयले फेरि पूरा सिलिण्डर ग्यास बिक्री गर्न लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए ।

उपभोक्ताहरूले कोरोनाको  प्रभाव बढ्दै जाँदा ग्यास भरेर सिलिण्डर थुपार्न थालेपछि  बजारमा ग्यास अभाव देखियो,’ कार्यकारी निर्देशक पौडेलले भने ‘ग्यास कालोबजारी भयो लुकाइयो भन्ने अत्यधिक जनगुनासो आयो ।’ कालो बजारीलाई निरुत्साहित गर्न आधा सिलिण्डर ग्यास वितरण गरेका थियौ ।’

पौडेलका अनुसार  आम उपभोक्ताबाट साट्ने सिलिण्डर पाइएन नयाँ किन्न पाइन्छ भन्ने व्यापक जन गुनासो आएको थियो ।  १४.२ को सिलिण्डर नै नभएपछि कालोबजारी हुने भएन, आम जनतालाई राहत दिन आधा सिलिण्डर ग्यास बिक्री गर्ने विधि अपनाइएको हो ।

अब यो अवस्था छैन त्यसैले पूरा सिलिण्डर ग्यास विवतण गर्न लागेका हौं ।’

IME Lifesidebar
kumari