citizens life insurance long ad
stcnepal long ad

 स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न फेरि रोके

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर आज मंगलबार देखि उठाइएपनि बन्चरेडाँडामा स्थानीयले फोहोर फाल्न रोक लगाएका छन्। सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधि बीच भएको सहमति नमान्ने भन्दै फोहोर बिर्सजन गर्न रोक लगाएका हुन्।

शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर विसर्जन गर्ने सहमति भएको थियो।

 

 

 

सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसहित प्रभावित क्षेत्रका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूको रोहबरमा यो सहमति भएको हो।

तर आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरूलाई स्थानीयले बाटोमै रोकेका छन्। उनीहरूले उक्त सहमति नमान्ने भन्दै फोहोर विसर्जन गर्न नदिएको काठमाडौं महानगरपालिकाका एक कर्मचारीले जानकारी दिए।

गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरूको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ।

सहमति अनुसार फोहोरलाई स्रोतमै छुट्टाउने प्रक्रिया शुरु गर्दै हाल उपत्यकामा थुप्रिएका फोहोरलाई अहिलेकै अवस्थामा बढीमा असार मसान्तसम्म उठाई लैजानका लागि मंगलबारदेखि नै उठाउने र माटोले फोहोर छोप्ने व्यवस्था मिलाइने भनिएको थियो।

सहमति पत्रमा सहरी विकास मन्त्रालयका तर्फबाट बन्चरेडाँडा फोहर व्यवस्थापन आयोजनाका निर्देशक रवीन्द्र बोहरा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, धुनिवेशी नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी गाउँपालिकाका तर्फबाट गीताकुमारी शर्माले हस्ताक्षर गरेका थिए।

IME Life
kumari