आज डलरको भाउ कति छ ?

आर्थिक सञ्जाल चैत्र २६, २०७६ बुधबार
काठमाडौं । बुधबार डलरको भाउ केही सम्हालिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ ७१ पैसा र बिक्री दर १२१ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ । मंगलबार एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ६८ पैसा र बिक्री दर १२२ रुपैयाँ २८ पैसा थियो ।
पछिल्ला दिनहरुमा फेरि डलरको भाउ माथिल्लो विन्दुमा छ । विशेष गरी अन्तराष्ट्रिय बजारमा तेलको भाउ सस्तो भएको छ ।
यस्तै, सेयर बजारहरु पनि तल झरेका छन् । यता, भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर भएको छ । स्थिर विनिमय दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित भएको हो ।