stcnepal long ad
global ime bank long

जोशीको आह्वानःचै त्र २६ गते सबैले अनिवार्यरुपमा सहयोग गरौँ ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २६, २०७६ बुधबार काठमाडौँ ।

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीले चैत्र २६ अर्थात् २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएको दिन अर्थात् प्रजातन्त्र पुनर्स्थापना दिवसका अवसरमा उनले लोकतान्त्रिक व्यवस्था मान्ने तथा यसका अनुयायी हरुले दिनदुखी र दैनिकी गुजारा गर्न मुस्किल परेकाहरुलाई सहयोग गरेर प्रजातन्त्र पुनर्स्थापना दिवस मनाउन आह्वान गरेका छन् ।

आह्वान पत्र सार्वजनिक गर्दै जोशीले प्रजातन्त्र पुनर्स्थापनाका सर्वोच्च कमान्डर ,वीर ,लौहपुरुष गणेशमान सिंहले परोपकार र निस्वार्थ सेवा नै राजनीतिकर्मीको धर्म हो त्यो धर्म सबैले पालना गर्नुपर्ने भन्दै गणेशमान सिंहको वचनलाई चिरायुत्व दिन गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहेका जोशीले आह्वान गरेका छन् । साथै कोरना बिरुद्ध लड्न सामाजिक दूरी कायम गर्दै ,सरकार र विश्वस्वास्थ्य संगठनका आचार संहिता पालना गर्न समेत आह्वान गरेका छन् ।

IME Lifesidebar
kumari