citizens life insurance long ad
stcnepal long ad

एनएमबिद्धारा नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशन (SNV) को सहयोगमा ५,७२८ थान चुल्हो बितरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशन (SNV) को RESULT BASED FINANCINGपरियोजना अन्तर्गत ५,७२८ सुधारिएको चुल्हो बितरण गरिएको छ । बैंकले परियोजनासंग मिलेर उक्त परियोजनाको लागि कोष ब्यवस्थापकको रुपमा काम गरेको थियो ।

परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो बितरण गरेर ग्रामिण भेगका जनताहरुको जिवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकल SNV संग बैंकले सहकार्य गरेर सुदुर पश्चिम र कर्णालीका बिभिन्न ग्रामिण भेगमा सुधारिएको चुल्होहरु बितरण गरेको हो ।

 

 

बैंकको लघुबित्त बिभागले SNV संग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक कार्य गरिरहेको छ भने यस परियोजनाको साथसाथै अन्य बिभिन्न परियोजनाहरुसंग सहकार्य गरेर सेवा प्रदान गर्दै आईरहेको छ ।

यस परियोजनाले दाउराको खपत घटाएर बनको संरक्षणमा मद्धत पुग्ने, बिषेशगरि महिला दिदी बहिनिहरुले भान्छाको लागि गर्नुपर्ने कठिनाईमा कमि ल्याउने, धुवां धुलोमा कमिको कारणले बायूु प्रदुषणमा समेत नियन्त्रण भई समग्र आगलागीको खतरा तथा धुंवा तथा धुलोको कारणले स्वास्थमा आउने रोग तथा बिकारहरुमा समेत कमि हुने बिश्वास लिईएको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

IME Life
kumari