citizens life insurance long ad
stcnepal long ad

मनसुन शुरु हुनुअघि नै मेलम्ची खानेपानीको मुहानको ढोका बन्द गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। मनसुन शुरु हुनु अघि नै मेलम्ची खानेपानी आयोजनाको मुहानको ढोका बन्द हुने भएको छ । अघिल्लो वर्ष असार १ गतेको बाढीले क्षति गरेपछि मर्मत गरी गएको चैतमा पानी पथान्तरण गरिएको थियो।

मर्मतपछि अस्थायी रूपमा काठमाडौंमा पानी पठाउन थालिएको थियो। तर, यस पटकको वर्षायाममा समेत बाढी/पहिरो आउन सक्ने र खानेपानी आयोजनाको मुहान क्षेत्रमा क्षति हुनसक्ने अनुमानसहित पानी पथान्तरण गर्ने सुरुङको ढोका बन्द गर्न लागिएको हो।

 

 

मुहान क्षेत्रलाई जोगाउन एक नम्बर ढोका (वफर ड्याम ) हेडवर्क्स अन्तर्गतका ९, १०, ३८ तथा अम्बाथानको अडिट पोर्टल अर्थात् सुरुङ सफा गर्ने ढोका बन्द गर्न फलामे ढोका तयार गरिएको छ।

मुहान क्षेत्रमा बाढीको पूर्वसूूचना दिने सतर्कताको घण्टी समेत जडान गरिएको छ। खानेपानी मन्त्रालयले मेलम्चीको पानी नआएका बेला काठमाडौंको वाग्मती, भक्तपुरको महादेव जलाशय तथा जमिनमुनिको पानी सङ्कलन गरी प्रशोधनपछि वितरण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।

वाग्मती नदीबाट दैनिक १० करोड, महादेव जलाशयबाट दुई करोड लिटर तथा जमिनमुनिबाट आठ करोड गरी दैनिक २० करोड लिटर पानी वितरण हुनेछ। वर्षायाम सकिएलगत्तै आयोजना पुनः सञ्चालन हुनेछ।

IME Life
kumari