citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

दोर्दी खोला जलविद्युतको आइपीओ बाँडफाँट

२ लाख ९७ हजार कित्ता बिकेन

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । दोर्दी खोला जलविद्युतले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आइपीओ बिहीबार बाँडफाँट भएको छ । कम्पनीले स्थानीयका लागि १० लाख ५४ हजार २६० कित्ता सेयर निष्कासन गरेकामा ७ लाख ५६ हजार ४२० कित्ता सेयर बाँडफाँट गरेको हो ।

यस आधारमा, २ लाख ९७ हजार ८४० कित्ताका लागि स्थानीयको आवेदन परेको छैन । स्थानीयले नकिनेको उक्त सेयर अब सर्वसाधारणलाई थप गरी निष्कासन हुनेछ ।

 

दोर्दी खोलाले वैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुलाई उक्त आइपीओ जारी गरेको थियो । जस अन्तर्गत, साविकको भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार ९१ र ८० गाविसका बासिन्दाले आइपीओमा आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।

कम्पनीले जारी पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको १० प्रतिशत सेयर स्थानीयलाई निष्कासन गरेको थियो । रेटिङ एजेन्सी कियर नेपालले दोर्दी खोलालाई ‘केयर इस्यूअर रेटिङ डबल बी माइनपस’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको थियो ।

himalayan life insurance
igi long