stcnepal long ad
ime life insurance
national life
global ime bank long

सुनिल बहादुर थापाले धनकुटामा पिपिई बाडे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २५, २०७६ मंगलबार

काठमाडौं । आज चैत २५ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिल बहादुर थापाले एयर डाइनेष्टिको हेलिकप्टर मार्फत धनकुटाका स्वास्थ्यकर्मीका पीपीई किट–७४ सेट, एम्बुलेन्स चालक तथा सहयोगी किट – २२ सेट, पञ्जा–२२ बाकस, स्यानिटाइजर – ३० बोतल, डेटोल हेण्डवास–७२ बोतल, डेटोल साबुन – ७२ थान, मास्क – २००० थान लगायतका सामाग्रीहरु धनकटाको ३ वटा नगरपालिका, ४ गाउँपालिकाका एक लाख भन्दा बढी जनतालाई स्वास्थ्य सेवा पुर्याइरहेका अस्पतालहरु, आइसोलेसन एण्ड क्वारेन्टाइन सेन्टर, प्राथमिक स्वास्थ्य केन्द्रहरु, उपस्वास्थ्य चौकिहरुका लागि पठाएर उदाहरणीय कार्य गरेका छन् ।

आज २०७६ चैत्र २५ गते बिहान सल्लेरी ब्यारेक, धनकुटामा हेलिकप्टर ल्याण्ड गरी यी सामानहरु धनकुटा जिल्ला विपत व्यवस्थापन समिति तथा धनकुटा उद्योग वाणिज्य महासंघ मार्फत सबै स्वास्थ्य संस्थाहरुमा पुर्याइने प्रवन्ध मिलाइएको छ ।

त्यसैगरी नेपाली सेनाको सल्लेरी ब्यारेकको पनि २ बोरा (१२५ केजी) पीपीई किट सूर्य बहादुर थापा प्रतिष्ठान मार्फत हेलिकप्टरबाट पठाउन पाउँदा खुशी लागेको पूर्व मन्त्री थापाले बताएका छन् ।

यस पुनित कार्यको लागि हामीलाई सहयोग गर्नुहुने धनकुटा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, उद्योग वाणिज्य महासंघ–धनकुटा लगायत सम्पूर्ण सहयोगीहरुलाई सूर्य बहादुर थापा प्रतिष्ठानको तर्फबाट पूर्व मन्त्री थापाले आभार व्यक्त गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

Doc1

IME Lifesidebar
kumari