stcnepal long ad
global ime bank long

कैलालीमा रगेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै आन्दोलन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

धनगढी । कैलालीको प्रस्तावित गेटा मेडिकल कलेज लामो समयदेखि अनिर्णीत राखिएको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत नसमेटिएको भन्दै कैलालीका स्थानीय आन्दोलित भएका छन् ।

सरकारप्रति आक्रोशित बनेका स्थानीयले गोदावरी नगरपालिका स्थित गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित संघर्ष समितिले दबाब कार्यक्रमकाको थालनी गरेका छन् । आधारभूत संरचना लगभग तयारी अवस्थामा रहे पनि त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने कुनै योजना सरकारले नल्याएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका हुन् ।

 

सरकारसँग आक्रोशित अत्तरियामा स्थानीयले बुधबार अत्तरिया चोकमा केही समय चक्काजाम समेत गरेका छन् ।

त्यसैगरी धनगढीमा पनि प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालनमा सरकारले तदारुकता नदेखाएको भन्दै स्थानीयले संघर्ष समिति गठन गर्ने र आन्दोलन गर्ने तयारी गरिरहेका छन् । बुधबार धनगढीस्थित नागरिक समाज लगायत सामाजिक अभियानताहरूले तत्काल गेटमा बनेका भौतिक संरचनालाई सदुपयोग हुनेगरी नीति ल्याइनु पर्ने माग समेत गरेका छन् ।

‘अरबौं लगानी गरेर गेटामा भौतिक संरचना निर्माण भएका छन्,’ सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गणेशबहादुर सिंहले भने, ‘तर के गर्ने भन्ने अझै टुङ्गो लागेको छैन, सरकारको ध्यानाकर्षण गराउन यहाँका नागरिक जागरूक हुनु जरुरी छ ।’

डाक्टर सिंहले सुदूरपश्चिमकै प्रधानमन्त्री हुँदा पनि प्रस्तावित मेडिकल कलेज सञ्चालनका लागि कुनै पहल नगरिनु दुःखद भएको बताए ।

तत्कालका लागि अस्पतालकै रूपमा भए पनि गेटामा काम थालनी गरिनुपर्ने उनको भनाई छ । ‘निर्माण सम्पन्न भइसकेका भौतिक संरचना प्रयोग विहीन बनेमा संरचना जीर्ण बन्न सक्छन्,’ सिंहले भने, ‘त्यसैले अहिले अस्पतालकै सेवा भए पनि सुचारु गरिनु पर्दछ, भविष्यमा भने मेडिकल कलेज नै बनाइनु पर्ने यहाँको आवश्यकता छ ।’

डाक्टर सिंहले प्रधानमन्त्री शेर बहादुर देउवालाई गेटाका बारेमा राम्ररी बुझाउन आवश्यक रहेको बताए । ‘यस विषयमा प्रधानमन्त्री ज्यू सायद अनविज्ञ हुनुहुन्छ जस्तो छ,’ व्यङ्ग्य गर्दै उनले भने, ‘त्यसैले गेटामा मेडिकल कलेज बन्दा के फाइदा हुन्छ, मेडिकल प्रतिष्ठान बनाउँदा के हुन्छरु मेडिकल कलेज निर्माण गर्दा के हुन्छ भन्ने विषयमा उहाँलाई राम्ररी बुझाउनु पर्छ कि जस्तो लागेको छ ।’

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक तथा अर्थविद् डाक्टर सुरेन्द्र चन्दले सुदूरपश्चिमको स्वास्थ्य समस्यालाई समाधान गर्न तत्काल गेटामा मेडिकल कलेजको काम सुचारु हुनुपर्ने बताए ।

लामो समय देखि अनिर्णयको बन्दि बनाइएको गेटाले यस वर्ष पूर्णता पाउँछ भन्ने ठूलो अपेक्षा थियो,’ चन्दले भने, ‘तर सरकारको नीति तथा कार्यक्रममा यो विषय नपरेको देख्दा दुःख लागेको छ, यस विषयमा हामी सुदूरपश्चिमेलीले दबाब सिर्जना गर्नु पर्ने देखिन्छ ।’

सेती प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर प्रदीप मिश्रले मेडिकल कलेज निर्माणका लागि निर्णय प्रक्रिया नै लामो हुने भन्दै तत्काल विशिष्ट अस्पतालका रूपमा सेवा सुचारु गर्न सरकारलाई दबाब दिइनु पर्ने बताए ।

विशिष्ट सेवा सुचारु गर्दा सुदूरपश्चिमका अन्य अस्पतालमा हाल सुचारु रहेका सेवा भने राखन नहुने उनले बताए ।

‘मेडिकल कलेज बन्ने भन्दै हामी १ दशक सम्म कुरी सकेका छौं,’ उनले भने, ‘अझै मेडिकल कलेज बन्ने आशामा बस्दा अर्को दशक पनि बित्न सक्छ, त्यसैले तत्काल विशिष्ट सेवा सहित अस्पताल सञ्चालनका लागि सबै मिलेर पहल गरौं, मेडिकले कलेज बन्दै गर्छ ।’

सरकारले डडेल्धुरामा भने मेडिकल सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । तर, गेटा मेडिकल कलेज त्यसमा अटाएको छैन ।

गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माण २०७३र०७४ सालबाट गरिएको छ । हाल भौतिक संरचना निर्माणको काम ९० प्रतिशत सकिएको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका निर्देशक हेमराज पुजाराले बताए ।

संघीय शिक्षा मन्त्रालयले निर्माण थालेको कलेजको प्रशासनिक भवन, कलेज भवन, छात्राबास लगायतको संरचनाको निर्माणको काम सकिएको छ । चालू आर्थिक वर्षमा मेडिकल कलेज पूर्वाधार विकास समितिले थप छात्रबासका भवनहरू निर्माणको काम अघि बढाएको छ ।

समितिका निर्देशक पुजाराका अनुसार यसै आर्थिक वर्षभित्र ६ वटा छात्राबास भवनको निर्माणको काम पूरा छ । त्यसैगरी ६ सय शय्या बराबरको क्षमता भएका २ वटा अस्पताल भवन निर्माणको सम्पन्न भइसकेको छ ।

IME Lifesidebar
kumari