stcnepal long ad
global ime bank long

श्री शिव शक्ति घ्यू उद्योगको म्याद नाघेको खाने तेल बजारमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र २३, २०७६ आइतबार
काठमाडौ । श्री शिव शक्ति घ्यू उद्योग प्रा.लि, रजिष्टर्ड नं ३०४१/०४४, जीतपुर बारा, नेपालबाट उत्पादित म्याद नाघेको “फेमिली” तोरीको तेल बजारमा बिक्री भइरहेको छ ।
एक लिटर (९१० ग्राम) तौल रहेको फेमेली तोरीको तेलका यी पोकामा लेखिएअनुसार यस तेलको उपभोग अवधि पाँच महिना रहेको छ । तर यी पोकामा पहिले लेखिएको उत्पादित र उपभोग मिति केरमेट गरेर अहिले ०७६।०९ राखिएको छ ।
यो म्याद पनि सकिसकेको छ।
यसबाट के आशङ्का गर्न सकिन्छ भने यस तेलको उपभोग अवधि समाप्त भएको हुनुपर्छ । त्यसैले बजार अनुगमन समितिले यस उद्योगबाट उत्पादित तेललाई बजारबाट तत्कालै जफत गरोस् र यथार्थ के हो छानबीन गरी उपभोग अवधि समाप्त भएको तेल बजारमा पठाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको रहेछ भने त्यस उद्योगमाथि कडाभन्दा कारबाही गरियोस् भन्ने अपभोक्ताहरूको जोडदार माग रहेको छ ।
साथै त्यस उद्योगबाट उत्पादित दुई पोका (दुई लिटर) तेल हामीसँग सुरछित रहेको समेत जानकारी गराउदछौ ।
IME Lifesidebar
kumari