stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

पर्सा जिल्लामा कोरोना नियन्त्रण गर्न नौ बुँदे सहमति

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र २३, २०७६ आइतबार
काठमाडौँ । पर्सा जिल्लामा कोरोना नियन्त्रण गर्न नौ बुँदे सहमति विगतमा भूकम्प, बाढी, पहिराे, डुबानमा जस्ताे गरी भिडभाड गरी राहत बाँड्ने र फाेटाे खिचाउने बेला हाेइन याे । यही कुरालाइ मध्यनजर गरी सबै पालिकाका प्रमखुहरू, जिल्लामा रहेका राजनैतिक दलका प्रमुखहरू तथा अन्य सराेकारवालाहरू सबैकाे सहभागितामा जिल्ला विपद् व्यवस्थापन समिति पर्साले सर्वसम्मतिले चैत्र १७ गते गरेकाे निर्णय सबै सराेकारवालाहरूकाे जानकारी एवं साेहि बमाेजिम कार्यान्वयन गर्न गराउनकाे लागि अनुराेधगरिएको छ । ”
निर्णय नं. ६. कोभिड १९ को नाममा हुने राहत वितरणलाई व्यवस्थित बनाउन जरुरी देखिएको सन्दर्भमा व्यक्ति वा संस्थालाई आफूखुशी राहत वितरण गर्न नदिने ।
कोही व्यक्ति वा संस्थाले उपलब्ध गराउने राहतलाई एकमुष्ट रुपम संकलन गरी जिल्ला विपद् व्यवस्थापन समिति वा स्थानीय विपद व्यवस्थापन समितिले मात्र वितरण गर्ने ।”
निर्णयहरू १. कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन तथा नेपाल सरकारले मिति २०७६ चैत्र ११ गतेदेखि लागू गरेको लक डाउनको सम्बन्धमा विभिन्न स्थानीय तह तथा जिल्लामा हालसम्म भएका समग्र प्रयास, अवस्था र व्यवस्थाको सम्बन्धमा विश्लेषनात्मक रुपमा समीक्षा गरियो । सबै निकायहरुले आपसमा समन्वय गरी कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन तथा लक डाउन र नेपाल सरकारबाट जारी आदेशलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने । 
२. १४ दिनयता भारत तथा अन्य मुलुकहरुबाट नेपाल प्रवेश गरेका व्यक्तिहरुको तोकिएको ढाँचामा शीघ्र लगत तयार गरी जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने । हरेक पालिकाहरुले संभव भएसम्म स्थानीय स्तरमै क्वारेन्टाइन स्थापना गरी शंकास्पद व्यक्तिहरु क्वारेन्टाइनमा राख्ने र यस्तो विवरण तत्काल जिल्ला विपद् व्यवस्थापन समितिको सचिवालयमा पठाउने ।
३. कोरोनाको संक्रमणबाट बच्न र यसको रोकथाम, नियन्त्रण र उपचारको लागि क्वारेन्टाइन, आइसोलेसन वार्ड तथा उपकरण र सामाग्रीको सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत र नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले वैठकमा जानकारी गराउँदा यिनको संचालन एवं व्यवस्थापनमा कमीकमजोरी भएको महशुस गरियो ।
हालसम्म बीरगंज महानगरपालिका पर्सामा नेपाल आयुर्वेद मेडिकल कलेज एण्ड टिचिङ् हस्पिटल, वीरगंज ४, पर्सा मा ५० बेड र सिद्धार्थ मा.वि. बीरगंज म.न.पा. १४, पर्सा मा ५० बेडको क्वारेन्टाइन स्थापना गरिएकोमा यिनीहरुलाई थप व्यवस्थित बनाउने ।
आइसोलेसनमा एएभ् लगायतका अति आवश्यक सामाग्री तथा आवश्यक पूर्वाधारहरुको शीघ्र प्रवन्ध गरी आइलोलेसन वार्डलाई पूर्ण रुपमा तयारी अवस्थामा राख्ने ।
यसको लागि प्रमुख जिल्ला अधिकारी र नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डले आवश्यक पहल र समन्वय गर्ने ।
४. जिल्ला विपद् व्यवस्थापन कोषमा आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट रु. पचास लाख रुपैयाँ प्राप्त भएको जानकारी गराइयो । उक्त रकम कोभिड १९ को संक्रमण फैलिनबाट रोकथाम गरी विपद जोखिम न्यूनिकरण पूर्व तयारीका लागि आवश्यक सामाग्री, उपकरण लगायतका अत्यावश्यक व्यवस्थापन कार्य तथा उपचार प्रयोजनको लागि खर्च गर्ने ।
५. कोभिड १९ लाई रोकथाम, नियन्त्रणको लागि यसको संक्रमण फैलन नदिन कम भन्दा कम आवातजावत गर्ने एवं लकडाउन तथा नेपाल सरकारले जारी गरेका आदेशहरुको पूर्ण रुपमा पालना गर्ने गराउने ।
६. कोभिड १९ को नाममा हुने राहत वितरणलाई व्यवस्थित बनाउन जरुरी देखिएको सन्दर्भमा व्यक्ति वा संस्थालाई आफूखुशी राहत वितरण गर्न नदिने ।
कोही व्यक्ति वा संस्थाले उपलब्ध गराउने राहतलाई एकमुष्ट रुपम संकलन गरी जिल्ला विपद् व्यवस्थापन समिति वा स्थानीय विपद व्यवस्थापन समितिले मात्र वितरण गर्ने ।
७. कोभिड १९ रोकथाम एवं नियन्त्रणको स्थानीय तहहरुले ब्यापक जनचेतना जगाउने कार्यक्रम संचालन गर्ने । आवश्यकता अनुसार स्थानीय भाषामा समेत प्रचार प्रसार सामाग्री तयारी गर्ने ।
८. स्थानीय तह र सुरक्षा निकायहरुले आपसी समन्वय गरी भारतबाट नेपाल प्रवेशमा रोकथाम एवं नियन्त्रण गर्ने ।
९. कोभिड १९ को परीक्षण केन्द्र यस जिल्लामा स्थापना गर्न अति आवश्यक देखिएकोले यस जिल्लाको बीरगंज महानगरपालिकामा स्थापना गर्नको लागि नेपाल सरकारलाई अनुरोध गर्ने ।)

prabhu mahalaxmi
kumari bank
kumari