stcnepal long ad
global ime bank long

अवैध लागूऔषध सहित पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २२, २०७६ शनिबार
काठमाडौं महानगरपालिका–६ बौद्ध तीनचुलीबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ ग्राम सहित काठमाडौं गौशाला बस्ने सोलुखुम्बु घर भएका  निमा डेण्डीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा. ३४ प ३७४६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक डेण्डीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरि लालबन्दी नगरपालिका– १२ जियाजोरबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका–१२ बस्ने राजन सुनार र ईश्वरपुर नगरपालिका– ९ बस्ने  सरोज यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले बिआर ३० एच ७१४१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

IME Lifesidebar
kumari