stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कार्य क्षेत्रमा खटिने सञ्चाकर्मीलाई निशुल्क बीमा सहित राहत प्याकेज माग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २२, २०७६ शनिबार

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ, ललितपुर, भक्तपुर शाखाले बन्दाबन्दीको समयमा कार्यक्षेत्रमा खट्ने सञ्चारकर्मीलाई विशेष बीमासहित निःशुल्क उपचार, श्रमजीवि पत्रकारलाई तत्काल राहत प्याकेज घोषणा माग गरेका छन् । काठमाडौँ शाखा अध्यक्ष शान्तराम बिडारीले जोखिम मोलेर कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीले राहत प्याकेजको माग गरेको जानकारी दिए ।

बिडारीले पत्रकारले नै सञ्चालन गरेका स्वरोजगारमुखी मिडियालाई पत्रिका प्रकाशन हुन नसकेको अवस्थामा पनि सरकारले दिने सहुलियत यथावत् कायम राख्नसमेत माग गरेको बताउनुभयो । कोभिड–१९ को कारणले साप्ताहिक, पाक्षिक पत्रिका बन्द भएका छन् । रासस

prabhu mahalaxmi
kumari