stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लक्ष्मी हुन्डाईद्वारा “हुन्डाई केयर” कार्यक्रमको शुरु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २२, २०७६ शनिबार

काठमाडौं । नेपालको लागि हुन्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले “हुन्डाई केयर” नामक एक नयाँ कार्यक्रमको शुरु गरेको छ । कोरोना भाइरसले निम्त्याएको संकटलाई मध्यनजर गर्दै यो कार्यक्रम शुरु गरेको हो।

यस कार्यक्रममा हुन्डाईका ग्राहकहरुलाई यस कठिन् समयमा आफ्नो सवारी साधनको मर्मतमा कुनै पनि कठिनाईहरू आएमा सहायता प्रदान गर्नेछ ।

“हुन्डाई केयर” कार्यक्रमले वास्तविक वारेन्टी भएका सबै हुन्डाई गाडीको वारेन्टी दुई महिना थप्ने सुनिश्चित गरेको छ । यस अफरमा निःशुल्क सेवा, आधारभूत वाहन वारेन्टी र एएमसी सेवाहरू समावेश गरिनेछ ।

हुन्डाईले आफ्नो ग्राहकहरुको स्वास्थ्यलाई प्राथमिकता दिनुको साथै, आफ्नो कम्पनीको मानवताको प्रगतिको प्रतिज्ञा तर्फ दृढ प्रतिबद्धता देखाएको छ । यो कम्पनीले उत्कृष्ट सेवा र अनुभव प्रदान गर्नुका साथै कुनै पनि सम्भावित असुविधा कम गर्न प्रतिबद्ध रहेको छ ।

prabhu mahalaxmi
kumari