लक्ष्मी हुन्डाईद्वारा “हुन्डाई केयर” कार्यक्रमको शुरु

आर्थिक सञ्जाल चैत्र २२, २०७६ शनिबार
काठमाडौं । नेपालको लागि हुन्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले “हुन्डाई केयर” नामक एक नयाँ कार्यक्रमको शुरु गरेको छ । कोरोना भाइरसले निम्त्याएको संकटलाई मध्यनजर गर्दै यो कार्यक्रम शुरु गरेको हो।
यस कार्यक्रममा हुन्डाईका ग्राहकहरुलाई यस कठिन् समयमा आफ्नो सवारी साधनको मर्मतमा कुनै पनि कठिनाईहरू आएमा सहायता प्रदान गर्नेछ ।
“हुन्डाई केयर” कार्यक्रमले वास्तविक वारेन्टी भएका सबै हुन्डाई गाडीको वारेन्टी दुई महिना थप्ने सुनिश्चित गरेको छ । यस अफरमा निःशुल्क सेवा, आधारभूत वाहन वारेन्टी र एएमसी सेवाहरू समावेश गरिनेछ ।
हुन्डाईले आफ्नो ग्राहकहरुको स्वास्थ्यलाई प्राथमिकता दिनुको साथै, आफ्नो कम्पनीको मानवताको प्रगतिको प्रतिज्ञा तर्फ दृढ प्रतिबद्धता देखाएको छ । यो कम्पनीले उत्कृष्ट सेवा र अनुभव प्रदान गर्नुका साथै कुनै पनि सम्भावित असुविधा कम गर्न प्रतिबद्ध रहेको छ ।