stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

उद्योग परिसंघद्वारा बागमती प्रदेशलाई खाद्यान्न हस्तान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २२, २०७६ शनिबार

हेटौंडा । नेपाल उद्योग परीसंघ बागमती प्रदेशले १० हजार किलो खाद्यान्न बागमती प्रदेश सरकारलाई उपलब्ध गराएको छ । परिसंघ बागमती प्रदेशका संयोजक ऋषिराम घिमिरे, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज सापकोटाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई १० किलोका दरले १ हजार वटा प्याकेट खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

लकडाउनको समयमा दैनिक जीवन यापन गर्न समस्या भएकालाई सो खाद्यान्न उपलब्ध गराउने मुख्यमन्त्री पौडेलले बताए । आधारभुत आबश्यकता पुरा गराउने उद्देश्यले गरिएको सहयोग प्रति मुख्यमन्त्री पौडेलले धन्यवाद दिए ।

कोरोनाको कारण देश लकडाउन भएपछि दैनिक जीवन यापनमा नै समस्या परेकालाई मात्र खाद्यान्न बितरण गरिने उनको भनाई छ । एउटा प्याकेटमा ५ किलो चामल,२ किलो चिउरा,एक केजी दाल,एक केजी नुन,एक लिटर तेल रहेको घिमिरेले जानकारी दिए ।

मुख्यमन्त्री डोरमणि पौडेलले जिल्ला समन्वय समिति प्रदेश संयोजक रघुनाथ खुलाललाई प्रदेशमा बितरण गर्न खाद्यान्न हस्तान्तरण गरे । खुलालले खाद्यान्न प्रदेशका जिल्ला जिल्लामा बितरण गरीने जानकारी दिए । बितरण गर्दा अति बिपन्न परीवारलाई प्राथमिकतामा राखिने खुलालले बताए । सरकारले राहत बितरणमा एकद्वार निति अपनाउन भनेपछि सरकारमार्फत सामग्री बितरण हुन थालेको छ ।

prabhu mahalaxmi
kumari