stcnepal long ad
ime life insurance
global ime bank long

एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन खुलाउनुपर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा अनिवार्य प्रयोजन खुलाउनु पर्ने व्यवस्थानेपाल राष्ट्र बैंकले गरेको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै राष्ट्र बैंकले विद्युतीय वालेटमा रकम लोड गर्दा एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनु पर्ने व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको हो ।

सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइने छैन । तर अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिने छैन ।

साथै, क्रेडिट कार्ड मार्फत बालेटमा लोड गरिएको रकम बस्तु तथा सेवाको विद्युतीय भुक्तानीको लागि मात्रै प्रयोग गर्नु पर्नेछ । उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नु पर्नेछ ।

विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा पेश गरेको विवरण ठिक चाँसो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानुन बमोजिम सहुँला बुझाउँला भन्ने व्यहोराको विद्युतीय रुपमा स्वःघोषणा गर्न लगाउनुपर्नेछ ।

prabhu mahalaxmi
kumari