stcnepal long ad
global ime bank long

निजी अस्पतालको लाइसेन्स सरकारी नभएका ठाउँमा मात्रै दिने नीति ल्याइँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताल नभएका ठाउँमा मात्रै निजी अस्पताललाई लाइसेन्स दिने नीति ल्याउने भएको छ। ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ सरकारी अस्पताल नभएका ठाउँमा निजी खोल्न प्राथमिकता दिइने नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए।

अहिले सरकारी र निजी अस्पतालको संख्या एकै ठाउँमा बढी भएको र कतै भने अस्पतालै नपुगेकाले अबको रणनीतिमा निजी अस्पताल खोल्दा सरकारी अस्पताल नभएको ठाउँमा खोल्ने दिनेगरी व्यवस्था गर्ने जानकारी उनले दिए। पौडेलकाअनुसार सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न दिने गरी मस्यौदा तयारी पारिरहेको छ।

सरकारी नभएको ठाउँमा निजी अस्पताल खोल्न कर छुट तथा सहुलियत दिने जानकारी उनले दिए। “स्वास्थ्यमा सबै नागरिकको पहुँचका हुनेगरी रणनीति तयार गर्दैछौँ,” पौडेलले भने। आगामी आर्थिक वर्षदेखि नीति लागू गर्नेगरी अहिले मस्यौदा तयार गरिरहेको जानकारी उनले दिए।

IME Lifesidebar
kumari