stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित

दलित महिला सदस्य पदमा एक पदका लागि एक जना उम्मेद्वारको मात्र मनोनयन दर्ता भएको थियो — मुख्य निर्वाचन अधिकृत खतिवडा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी ४ वटा वडाबाट दलित महिला सदस्य पदमा १/१ जनाको मात्र उम्मेदवारी परेकोले उहाँहरु निर्विरोध हुनुभएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो ।

यसरी निर्वाचित हुनु हुनेमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार हुनुहुन्छ ।

वडा १८, २२ र २७ मा नेकपा एमालेबाट मात्र उम्मेद्वारी परेको थियो भने वडा २३ वाट नेपाली कांग्रेसबाट मात्र उम्मेद्वारी परेको थियो ।

 

prabhu mahalaxmi
kumari