stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ मा कुमारी जबको सहकार्य

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौंको मुख्य सडक हुन या गल्ली हुन, फोहोर थुप्रिएको दृष्य हाम्रो लागि कुनै नौलो दृष्य होइन । र यो फोहोर व्यवस्थापनको लागि सरकारले पर्याप्त प्रयास नगरेकोमा सरकारलाई दोष दिन पनि हामी पछि हटेका छैनौँ ।

तर आफ्नो देशको लागि आफैँले केही गर्नुपर्छ भन्ने उद्धेश्य सहित मैनादेवी फाउन्डेसनले गत शनिबार काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ सफलतापुर्वक सम्पन्न गरेको छ । र उक्त कार्यमा मैनादेवी फाउन्डेसनसँग कुमारी जबले करीयर पार्ट्नरको रुपमा हातेमालो गरेको थियो ।

४०० भन्दा बढी युवाहरुको उत्साहजनक उपस्थिति रहेको उक्त रेस हात्तीसार चोकबाट शुरु भएर सिटी सेन्टर, रातोपुल, सेतोपुल, पुतलीसडक हुँदै पुनः हात्तीसार पुगेर समापन भएको थियोे । दौडँदै सबैभन्दा धेरै फोहोर संकलन गर्न सफल प्रत्यक ५ वटा टिमलाई नगद रु.१०,०००/– पुरस्कार र पदक प्रदान गरिएको थियो ।

दौडमा टिम कफीबाट रामचन्द्र कुमाल र विवेक पोख्रेल, टिम इम्पेरियल बोइजबाट लक्ष्मण गिरी र विश्वामित्र थारु, टिम खवटबाट प्रेमप्रकाश खड्का र जश्विन भाट, टिम पिसफुल डोभबाट सविन राई र निमा रुम्बा तथा टिम द रेभुल्युसनबाट बिनोद जेठारा र शंकर रोकाया विजयी भएका थिए ।

यसको साथै कुमारी जबले अन्य मनोरन्जात्मक कार्यक्रमहरु पनि गरेको थियो जसको विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको कुमारी जबले जनाएको छ । विजेताहरुको घोषणा कुमारी जबको आधिकारिक फेसबुक पेज र इन्स्टाग्राम मार्फत केही दिन पछि गरिनेछ ।

दौडमा सहभागि युवाहरुलाई सम्बोधन गर्दै कुमारी जबका संस्थापक श्री सन्देश भण्डारीज्युले भन्नुभयो,“ यस्तो सामाजिक कार्यमा युवाहरुको उत्साहजनक सहभागिता देखेर मलाई एकदमै खुशी लागेको छ । हामी कुमारी जबमार्फत योग्य र क्षमतावान युवाहरुलाई उचित अवसर प्रदान गर्न सदैव तत्पर छौँ ।

रोजगारी सम्बन्धी कुनै पनि जिज्ञासा अथवा सहयोगको लागितपाईंहरुलेwww.kumarijob.com मा गएर निःशुल्क रुपमा दर्ता गर्न र अटोमेटेड सिभी बनाउन सक्नुहुनेछ ।”

कार्यक्रममा प्रसिद्ध क्रिकेटर एवम् नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्का, पुर्व एआइजि सर्वेन्द्र खनाल, काठमाडौँ महानगरपालिकाका लागि मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह(बालेन), गायिका रेखा जोशी, स्ट्यान्ड अप कमेडियन हिमेश पन्त , पत्रकार राजेन्द्र बाँनिया, कार्टुन्ज क्रु लगायतको उपस्थिति थियो । रेसमा १,००० किलो भन्दा बढी फोहोर संकलन गरिएको आयोजकले जनाएको छ ।

prabhu mahalaxmi
kumari