prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् । भारतको रक्षा मन्त्रालयले पाण्डेलाई सेना प्रमुख बनाउने निर्णय लिइएको जानकारी दिएको हो ।

यसै महिनाको अन्तिम अप्रिल ३० मा हालका सेना प्रमुख मनोज मुकुन्द नरवणे सेवा निवृत्त भएपछि पाण्डेले सेना प्रमुखको जिम्मेवारी औपचारिक रुपमा सम्हाल्ने छन् । उनी नरवणेपछिका वरिष्ठ अधिकारी हुन् ।

हाल भारतीय सेनाको उपप्रमुख रहेका पाण्डे सेनाको शीर्ष स्थानमा पुग्ने पहिलो इन्जिनियरसमेत बन्ने समाचार एजेन्सी एएनआईले जनाएको छ । हालसम्म भारतीय सेनाको प्रमुख इन्फेन्ट्री, आर्मर्ड र आर्टिलरी अधिकारीहरु हुने गरेका थिए ।

६ वैशाख २०७९, मंगलवार ०८:४८ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads