कुमारी बैंकले कोषमा ७० लाख सहयोग गर्यो

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार
काठमाडौं । कुमारी बैंकले कोभिड १९ को ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा ७० लाख सहयोग गरेको छ । बैंकले प्रत्येक प्रदेशबाट १० लाखको दरले बैंकले कूल ७० लाख रुपैयाँ सहयोग गरेको हो ।
बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा १० लाख रुपैयाका दरले जम्मा हुने गरी सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ । मंगलबार बैंकका गण्डकी प्रदेश प्रमुख नवीनराज पौडेलले गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको उक्त सहयोग कार्यक्रम शुरु गरेका थिए ।
कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी लगायतका सेवा सञ्चालनमा रहेको जनाएको छ ।