stcnepal long ad
ime life insurance
national life
global ime bank long

कुमारी बैंकले कोषमा ७० लाख सहयोग गर्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार

काठमाडौं । कुमारी बैंकले  कोभिड १९ को ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा ७० लाख सहयोग गरेको छ । बैंकले प्रत्येक प्रदेशबाट  १० लाखको दरले बैंकले कूल  ७० लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा  १० लाख रुपैयाका दरले जम्मा हुने गरी सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ । मंगलबार बैंकका गण्डकी प्रदेश प्रमुख नवीनराज पौडेलले गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको उक्त सहयोग कार्यक्रम शुरु गरेका थिए ।

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी लगायतका सेवा सञ्चालनमा रहेको जनाएको छ ।

prabhu mahalaxmi
kumari