stcnepal long ad
ime life insurance
global ime bank long

ललितपुरमा लाखेको संस्कृति झल्काउने ‘डिजिटल आर्ट’ प्रदर्शनी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । काठमाडौं उपत्यकामा मजिपा लाखे नाच इन्द्रजात्राको अवधि आठ दिनसम्म नचाइने चलन छ । मजिपा लाखे कुमारीको रथयात्रा गर्दा देवीलाई बाटो देखाउनको लागि रथको अघि–अघि नाच्दै–नाच्दै हिँड्ने गर्दछ ।

शान्त भैरवको रूपमा पुजिने लाखेको स्वरूप रातो राक्षसको मुखौटा लगाएको, डरलाग्दो अनुहार भएको, रातो लामो कपाल भएको, च्यातिएको ठूलो मुखबाट निस्केका दुईवटा दाह्रा, तासको जामा (पछाडिपट्टि षट्कोण लेखिराखेको) र लुगा लगाएको, हातको औँलामा लामा–लामा नङ्ग्रा भएको, कमरमा ठूला–ठूला घङ्गला र रातो पटुका बाँधेको हुन्छ । भाषा वंशावलीमा लाखे नाचको चलन कान्तिपुरका राजा गुणकामदेवले सुरु गर्नु भएको भन्ने उल्लेख छ।

ललितपुरमा लाखेको संस्कृति झल्काउने ुडिजिटल आर्टु प्रदर्शनी
काठमाडौं । काठमाडौं उपत्यकामा मजिपा लाखे नाच इन्द्रजात्राको अवधि आठ दिनसम्म नचाइने चलन छ । मजिपा लाखे कुमारीको रथयात्रा गर्दा देवीलाई बाटो देखाउनको लागि रथको अघि–अघि नाच्दै–नाच्दै हिँड्ने गर्दछ ।

मजिपा लाखेका सम्बन्धमा उपत्यकामा प्रचलित किंवदन्तीमा आधारित रहेर शताब्दी पुरूष सत्यमोहन जोशीले मजिपा लाखे नामक नाटक लेख्नु भएको छ ।

सन् २०१० मा शताब्दी पुरूष जोशी बेलायतको लण्डनमा पुग्नुभएको समयमा मजिपा लाखेको संस्कृति राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको बेलायत यात्रासँग पनि जोडिएको उल्लेख गर्नुभएको थियो।

उहाँले लाखेको बारेमा चलचित्र निर्माण गर्न सकिएको खण्डमा यसको ऐतिहासिकताको बारेमा जनमानसमा प्रचार गर्न सजिलो हुने बताउनु भएको थियो।

जोशीको भनाइबाट प्रेरित भएर बेलायतमा बस्नु हुने कलाकार संयुक्त श्रेष्ठले विगत ६ वर्षदेखि उपत्यकामा लाखेको संस्कृतिको आगमनलाई उजागर गर्ने उद्देश्यसहित एनिमेशन चलचित्र बनाइरहनु भएको छ।

लाखेको स्थानीय युवतीसँगको प्रेम, भक्षकका रूपमा आगमन भएको लाखे कसरी रक्षक हुन पुग्यो भन्ने उपत्यकामा प्रचलित मिथलाई विषयवस्तु बनाएर श्रेष्ठले लाखे नामक एनिमेशन चलचित्र बनाइरहनु भएको छ।

लाखे एनिमेशन चलचित्रमा समावेश भएका डिजिटल चित्रहरूलाई समेटेर कलाकार श्रेष्ठले ‘आर्ट अफ लाखे’ नामक डिजिटल प्रदर्शनी गर्नुभएको छ।

प्रदर्शनीमा २० वटा डिजिटल चित्रहरू समावेश गरिएका छन्। गएको शनिवार सुरू भएको प्रदर्शनी आज शुक्रवार बेलुकी ६ बजेसम्म ललितपुरको चाकुपाटमा रहेको क्लासिक ग्यालरीमा सञ्चालन हुनेछ।

prabhu mahalaxmi
kumari