सिटिजन्स बैंक र पार्क सफारी रिसोर्ट प्रा.लि.बीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सौराहा, चितवन स्थित पार्क सफारी रिसोर्ट प्रा.लि. बीच सिटिजन्स बैंकका कार्ड बाहकहरूलाई १०% छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १०% छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । यस्तै मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल (यो सुविधा मार्फत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् ) र मुद्दती खाताको आवेदनदिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।
हालै बैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि चैत्र ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु पनि सार्बजनिक गरेको हो । सो योजना अन्तर्गत डेविट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्पmत रु १००० वा बढीको कारोबार गर्दा एकमुष्ठ रु २०० क्यासब्याक दिइने छ ।
साथै, रु ५,००,००० सम्मको दुर्घटना मृत्यु बीमा तथा रु ५०,००० सम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि नि: शुल्क डेविट कार्ड, मोबाइल/ इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको ए.टि.एम बाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था गरेको समेत जानकारी बैंकले गराएको छ ।
डिजिटल बैंकिङ्गलाई सधै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै कियोस्क (Kiosk) सेवाको सुरुवात पनि गरेको छ ।
कियोस्क (Kiosk) मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बंैकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नुहुनेछ ।





















