stcnepal long ad
ime life insurance
national life
global ime bank long

पूर्व राजा ज्ञानेन्द्रबाट सरकारलाई दुई करोड रकम सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १९ गते २०७६ बुधबार

काठमाडौं ।  हिमानी टष्ट मार्फत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व राजपरिवारको तर्फबाट सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पूर्व राजा ज्ञानेन्द्र शाहले गरेका छन् ।

पूर्वराजाद्धारा एक विज्ञप्ति जारी गदै कोरोना महामारीले देश र जनतामा भय र सन्त्रास पैदा गरेको उल्लेख गदै लकडाउन बाध्यात्मक अनिवार्यता भएको र यसमा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको पनि उल्लेख गरिएको छ ।

पूर्व राजाबाट महामारीको यस क्षणमा ज्यानको परबाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरी लगायत सबै सुरक्षाकर्मी प्रति आभार पनि प्रकट गरिएको छ ।

यस्तो छ पूर्वराजाबाट विश्वमा देखा परेको “कोभिद १९” को सम्बन्धमा दिएको सन्देशः

विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं । देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ।

मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहल प्रति सम्बेदनशील हुँदै हामी सबैले आ आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुरयाउनु अनिवार्य भै सकेको छ । यो अबस्थाबाट मुक्त हुन “लकडाउन” नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ।

महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुरयाउने सन्चारकर्मी एबम पत्रकारहरूप्रती हामी आभारी छौँ ।

आम नेपाली दाजुभाई तथा दिदी बहिनीले दुस्खको घडीमा अभाव र समस्या सहेर पनि यस बिरुद्ध लड्न जुन अनुशासन तथा धैर्यता दर्शाउनु भएको छ यसको हामी उच्च सराहना गर्दछौं ।

राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेको बेलामा यसको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौ ।

दुःख कष्ट र आपत बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष मा दाखिला गर्न बुझाएका छौ ।

यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौ । भगवान श्री पशुपतिनाथले हामी सबैको रक्षा गरून्, जय नेपाल।

IME Lifesidebar
kumari